बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोरखाको भच्चेक आधारभूत अस्पतालमा दन्तसेवा सुरु गर्नेबारे सम्झौता


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २६, २०८०
  • 266
    SHARES

गोरखा, २६ मङ्सिर । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालमा दन्तसेवा सुरु गर्नेबारे सम्झौता भएको छ ।

लामो समयदेखि नेपालको सामाजिक क्षेत्रमा क्रियाशिल मुटु फाउण्डेशन काठमाडौँ र अजिरकोट गाउँपालिकाबीच भच्चेक आधारभूत अस्पतालमा दन्तसेवा सुरु गर्नेबारे सम्झौता भएको हो ।

सम्झौतामा अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा र मुटु फाउण्डेशन काठमाडौँका अध्यक्ष धनबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको छ । सम्झौता भएसँगै अब भच्चेक आधारभूत अस्पतालमा एकजना दन्त चिकित्सक रहने भएका छन् ।

यस्तै, दन्तसेवा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार व्यवस्था गर्ने, आँखाको अप्रेसन थ्रेटर निर्माण तथा सञ्चालन गर्ने, अजिरकोट गाउँपालिकाको दिर्घकालीन फोहोर व्यवस्थापन गर्नेलगायत सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा दातृनिकाय मनोज एशोसियशन फ्रान्सका अध्यक्ष थियरी गिराउड र अजिरकोट गाउँपालिका वडा नं ३ का अध्यक्ष बाबुराम अधिकारीको सहभागीता रहेको थियो ।

यसअघि मुटु फाउण्डेशनले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)