आइतवार, बैशाख २३, २०८१

रमेश विकलका प्रमुख कृतिहरूको संक्षिप्त विश्लेषण ( (“समिक्षात्मक अन्वेशण” पुस्तकबाट )


  • गोपी मैनाली
  • शनिबार, मंसिर ३०, २०८०
  • 151
    SHARES

रमेश विकलका प्रमुख कृतिहरूको संक्षिप्त विश्लेषण
-गोपी मैनाली

प्रतिनिधि कथाहरूको विश्लेषण
‘गरिब’ रमेश विकलको पहिलो कथा हो । शारदा मासिक पत्रिकामा विक्रम सम्वत २००६ मा प्रकाशित गरिब कथाले विकलको कथा प्रवृत्तिको सुरुवाती सङ्केत गर्दछ । नेपालको ग्रामीण परिवशेका घटनाक्रम समेटिएको यस कथाको केन्द्रीय विषय गरिब पात्र माने (मानबहादुर) मा केन्द्रित छ । अर्को पात्र मुखिया (खलभूमिकामा), काले (मुखियाको सहायोगी), बाटुली (मानेकी श्रीमती) सहायक पात्रका रूपमा चरित्र निर्वाह गर्दछन् । माने गरिब र परिश्रमी दुःखजिलो गरेर जीवन निर्वाह गर्ने व्यक्ति हो । मानेले घर व्यवहारका लागि पचास रुपैयाँ मुखियासँग ऋण लिएको छ, तिर्न सकेको छैन । मुखियाले त्यो ऋणलाई तीनसय पचास रुपैया बनाएको छ ।

मुखियाले तीनसय पचास रुपैयाँको दावी गरेपछि माने शिष्ट प्रतिकार र अनुरोध गर्ने बाहेक विकल्प छैन । तर त्यसो गर्दा पनि थङ्थिलो हुने गरी पिटाइ खाएको छ, मुखियाको आदेशमा कालेले निर्मम शारीरिक यातना दिन्छ । मुखियाले मानेको घर सम्पत्ति राजीनामा गरिसेको, कथित तीनसय पचास रुपैयाँ ऋण तिर्न नसकेकोमा घर सम्पत्ति छाड्न बाध्य पारेपछि आफ्ना पुर्खादेखिको घर सम्पत्ति छाडेर श्रीमती बाटुली र लालावाला पछि लगाएर अनिश्चित यात्रा गर्छ । एकातर्फ मुखियाको शोषण व्यवहार र अर्कोतर्फ मानबहादुरको दुःखपूर्ण दैनिकीको कोणमा कथा गतिशील छ । कथाले एकसाथ दया र क्रोध सिर्जना गर्दछ । त्यतिखेरको ग्रामीण समाजमा हुने गरेको शोषणवृत्तिको प्रतिनिधि किस्सा ‘गरिब’ हो । प्रवृत्तिगत आधारमा यो सामाजिक यथार्थवादी कथा हो ।

‘लाहुरी भैंसी’ विकलको बहुचर्चित कथा सङ्ग्रह ‘नयाँ सडकको गीत’ मा समावेश नौ कथामध्ये एक उत्कष्ट कथा हो, जसले ‘गरिब’ जस्तै सामाजिक शोषण, वर्गभेद र अन्याय–उत्पीडनको चित्र उतारेको छ । ‘गरिब’ को मानेको स्थानमा ‘लाहुरी भैंसी’ मा लुखुरे छ, मुखियाको स्थानमा द्वारेबा, कालेको स्थानमा रामविरेले भूमिका लिएका छन् बाटुलीको स्थानमा घैंटी छ, फरक कत्ति भने बाटुली समझदार सुखदुखकी सहनशीला हो, घैंटीको व्यवहार मुडी छ । लुखुरे परिवारको वर्षौदेखिको आँगनमा लाहुरी भैसी बाँध्ने, कुँडेभरि दूध तताउने सपना कसैगरी पूरा गरेको छ । ‘बा¥ह माने, बाटा जत्रो कल्चौँडा । झिङ्गा पनि चिप्लने जस्तो, चिल्लो कालो जिउ, छोटा छोटा मोटा सिङ्’ घरमा बालबच्चादेखि सबैमा खुसीको वहार आएको छ । घैंटी पनि आज्ञाकारी भएकी छ ।

तर यो सपनामा द्वारेको कुदृष्टि पर्छ । द्वारेको षड्यन्त्रमा परेको गरिब, सोझोसिधा लुखुरेलाई थाहा हुँदैन । लुखुरेको भैंसीमा द्वारे अनेक खोट देखाउँछ, धुपाउरे रामविरेले फूलबुट्टा भर्छ । थाकेर आएको भैंसीले पहिलो दिन धेरै दूध दिएको थिएन, त्यो पनि द्वारेको षड्यन्त्रलाई विश्वास दिलाउने प्रमाण बन्छ । अन्ततः मण्डनका ढकालले भैंसी बिक्री गर्दा गर्दा लुखुरेलाई ठगेको निष्कर्ष निकालिन्छ । लुखुरेको भैंसीमा ¥याल काडेको द्वारेले स्वाँगिलो बनी भैंसी हत्याउँछ । गरिब लुखुरेको सपना चक्नाचुर हुुन्छ । त्यसैले ‘गरिब’ र ‘लाहुरी भैंसी’ सामाजिक शोषणका दुुई रूप हुन् । पहिलोमा शारीरिक यातना र छलकपट छ, दोस्रोमा षड्यन्त्र र धुत्र्याइँ । लाहुरी भैंसी तत्कालीन समाजको यथार्थ उतार्ने उत्कृष्ट कथा हो । गरिब र लाहुरी भैंसी लेखनको अन्तराल ते¥ह वर्षको छ, घटना व्यवहारमा पनि त्यो समयान्तरको प्रभाव छ । वैचारिक प्रवृत्तिगत आधारमा यो सामाजिक याथर्थवादी कथा हो ।

‘नयाँ सडकको गीत’ ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहको शीर्ष कथा हो । कथा समय, समाज र शासन बदलिए पनि मानिसको प्रवृत्ति नबदलिएको सङ्केत गर्ने घटनावृत्ति हो । बा¥है महिना माग्न सडक पेटीमा बस्ने दृष्टिविहीन पात्रको जीवनवृत्ति, भावभङ्गी सोच र नियतिको केन्द्रीय भाव वरिपरि कथा दोलायमान छ । सहायक पात्रका रूपमा दृष्टिविहीन पात्रकी धर्मपत्नी सानी छ । बाटो हिड्नेले पैसा दिंदा कथा पात्र खुसी हुन्छ र आसिक दिन्छ ‘भारी भारी धर्म होस्, गुह्येकाली माईले रक्षे गरुन्’ । यो नै नयाँ सडकको गीत हो, जुन वर्षौदेखि गुञ्जिरहेको छ । नयाँ सडकमा यो गीत मनलागी नलागी घन्काउँदै आएको पात्रको पनि सपना छ । संसारको दृश्य कस्तो छ, पात्रलाई थाहा छैन, तर उसको दृष्टिमानमा सानी सुन्दर छ, सानीलाई सजाउने, उत्तर लगाएर वासनादार बनाउने लगायतका सपना छन् ।

उससँंग क्रोध पनि छ, ईष्र्या पनि छ उसकी सानीलाई चिनिया पुतली जस्ती राम्री भनेकोमा, बेलाबेलामा वर्षिने उपेक्षाभावमा । उससँग सन्देह पनि छ, कतै सानी पनि बाटो हिड्नेसँग त जिस्किई कि भनेर तर ऊ दृष्टिविहीन छ, न सानीको सुन्दरता देखेको छ, नर बाटो हिड्नेको राम्रा–नराम्रा व्यवहार । शब्द स्पर्श उसको संसार हो, त्यसैबाट उसको दृष्टिकोण र व्यवहार निर्धारित छ । पैसा दिनेलाई आसिक र सानीलाई जिस्क्याउन खोज्नेलाई श्राप दिन्छ । विदेशी पाहुनाको सवारीमा बा¥हौं वर्षदेखि छाडेर वल्टेकोल्टे लाग्नुुपथ्र्यो, पुलिसको खप्काइ खानुपथ्र्यो । प्रजातन्त्र आएको निकै वर्ष हुँदा पनि नयाँ सडकको गीत उही भाकामा गुञ्जिरहेको छ ‘भारी भारी धर्म होस्…’ , प्रजातन्त्र जनजीविकामा पुुगेको छैन । कथा व्यङ्ग्यात्मक वस्तुचित्रको यथार्थ हो । नबदलिएको नयाँ सडकको गीतले समाज र राज्यसंस्थाका धेरै कुरालाई एकसाथ प्रतिबिम्बन गरिरहेको छ । यो समय, समाज र शासनप्रतिको मौन आक्रोसको कथा हो । यने मनोवैज्ञानिक यर्थावादी कथा हो ।

‘भन्ज्याङ्को चौतारो’ पहिला मुुग्ध प्रेममा रहेका जोडी पातली र बलेको प्रेम कथा हो, पहिलोको प्रेमको निश्छल कथा स्मृतिले दुवैलाई भावुक बनाउने तर दुवै सामाजिक मर्यादा र नैतिकताप्रति अविचलित रहने आदर्श व्यवहारको शब्द हो । बले आमा गुमाएको टुहुरो, पातली उसकी धर्मपत्नी जो एकसाथ आमाको माया र प्रमिकोको प्रेम दिइरहेकी थिई । एकअर्कासंग जीवन बिताउने र सुखदःुखमा रमाउने उनीहरूको आदर्श वाचा थियो । कारणवस बले लाहुर गएपछि पातलीले अर्कोसँग घरजम गर्नपुुगी । कालान्तरमा बले गाउँ फर्किएर भन्ज्याङ्को चौतारोले भावनात्मक मिलन गराउँछ । दुवै एकअर्काप्रति भावनात्मक रूपमा नजिक छन्, एकअर्कोको वाँकी जीवन सुुखीहोस् भन्ने कल्पना गर्दछन्, तर मर्यादाको सीमा अलिकति पनि काट्दैनन् । कथाले नियति, आदर्श र नैतिक व्यवहारलाई साथसाथ राखेको छ । मनको सीमा नहँुदा पनि भौतिक सीमा र सामाजिक मर्यादामा प्रेमलाई बचाइराख्न सक्दछन् भन्ने कुरा कथाले बताएको छ । साथै एक अर्काको दाम्पत्य जीवन सुखी भए आफ्नो प्रेम सफल हुने मनोविज्ञानमा छन् । प्रवृत्तिगत आधारमा यो सामाजिक–मनोवैज्ञानिक यथार्थवादी कथा हो ।

‘फुटपाथ मिनिस्टर’ ‘एउटा बूढो भ्वाइलेनः आशावरीको धुनमा’ सङ्कलित एघार कथामध्ये वेगल घटनाक्रमको मार्मिक प्रस्तुति गर्ने कथा हो । यस कथाले कथाकार विकल सामजिक व्यथालाई कति मिहीन रूपमा दृष्टिवेश गर्छन् भन्ने देखएको छ । कथामा असहाय टुहुरो बालक गोरे, टुहुरी कालिका टिकी, अर्को बेसाहारा टुुहुरो बालक जघने, भोटे लगायतका सडक बालकको दिनचर्या, सङ्घर्ष, ईष्र्या, क्षोभ, सपना र सिर्जनाका तानावाना सँगालिएमा छन् । एक मात्र सहारा बुुबा पनि बितेपछि एघा¥हबर्षे गोरे भौतरिएर शहर पसेको छ । रत्नपार्क आसपास सडकचर्यामा दिन बिताउने जघने, किटी, भोटे आदि कष्टपूर्ण, अनिश्चित र दारुणिक जीवन बितारहेका छन् ।

रात कुकुर गुडुल्किएझै बिताउँछन्, दिनमा खाने के हो भन्ने पनि निश्चित छैन । यस कष्टपूर्ण दिनचर्यामा पनि अनौपचारिक सत्ता छ, जघने हैकम जमाउँछ, किटीको बाटुलो चेहरा र सुन्दर आँखाप्रति प्रभुत्व जमाउँछ । गोरेको उनीहरूसँग भेट हुन्छ तर सुरुबाटै गोरे र जघनेको झगडा हुन्छ । मानौं पहिलेदेखि चलिरहेको सडक सत्तामा गोरे शक्तिवान प्रतिस्पर्धी हो । नभन्दै गोरे नै हैकम जमाउने हैसियतमा पुुग्छ । जघनेले संरक्षण दिएको किटी अब गोरेकी संरक्षणमा छ । जघने र गोरेमा प्रतिस्पर्धाको भाव छ, किटी पुुरुषार्थ जता छ त्यतै लाग्छे । किटीमा ससाना सपना छन्, त्यसलाई पूरा गर्न गोरे र जघने आआफ्नै प्रतिस्पर्धामा छन् । आशक्ति र मायामा गोरे अघि तर जिम्मेवारीले ऊ पछि पर्छ । परिणामतः किटीको जघनेले पूरा गर्छ, गोरेको जीवनचर्याले अनिश्चित मोड लिन्छ ।

कथाले औपचारिक सत्ता जस्तै सडकको सत्ता छ, त्यहाँ अनौठो माया र इमान्दारिता छ, लालसा पनि छ, लालसाले इमान्दारिताको सीमा मेटिदिन्छ भन्ने तथ्य उजागर गरेको छ । यसर्थ फुटपाथ मिनिस्टर बेसाहारा सडक बालबालिकाहरूको चित्रण त हँुदै हो, साथै औपचारिक सत्तालाई पनि मनग्गे शिक्षा दिएको छ । यो कथा रुसी भाषामा कारोल बेसपिर्जोनिर्खु (टुहुराहरू टुहुुराहरूको राजा) शीर्षकमा पनि अनुवाद भएको छ । आश्चर्यको कुरा एकजना पनि सडक बाल नभएको रुसमा यसले अनुवाद हुने अवसर पायो । त्यस्तै २०७९ मा रोचक घिमिरेले यस कथालाई हिन्दीमा अनुवाद गरी प्रकाशन गर्नुभएको छ । यो बालमनोविश्लेषणात्मक सामाजिक यथार्थवादी कथा हो ।

‘एउटा बुुढो भ्वाइलेन ः आशावरीको धुनमा’ भ्रमको आशा जमाएर बाँचेकाहरूको कथा हो । मानिस आशा र भ्रममा पनि बाँच्ने गर्दछ । यस कथाले कथाकार विकलको मानवीय छटपटीको मनेविश्लेषण कुशाग्रताको बेजोड दृष्टान्त दिएको छ । कथाकार विश्वेश्वरप्रसाद कोइरालाले जसरी यौनमनोविश्लेषणको आयाममा र भवानी भिक्षुुले दमित विकृत यौनउन्मादको आयाम उघार्न कुशाग्रता देखाए, निश्छल प्रेम (प्रेमको भ्रम) मा मानिस कसरी आफैलाई वर्वाद पार्न सक्छ भन्ने पक्षको उद्घाटन विकलले गरेका छन् । यस दृष्टिले विकल विश्वेश्वर वा भिक्षुु जस्तै सफल मनोविश्लेषक हुन भन्ने पनि पुष्टि गरेको छ ।

जसरी कैयन समयदेखि नबझाएर एउटा बूढो भ्वाइलेन जीर्ण–विदीर्ण रूपमा लयभरिने प्रतीक्षामा छ, तीन बीस उमेर काटेको लुरे जवान कोइलीप्रति एकोहोरो मायामा विगतको स्मृतिले सिर्जना गरेको भ्रम, त्यो भ्रममा बाँच्ने आशाको त्यान्द्रोमा वेसुरा जीवन बिताइरहेको छ । अबोध, सोझो र लठेव्रो मानिसलाई भर्भराउँदो यौवन भएकी केटीले दिएको बेतुके माया देखाएर जीवन वर्वाद हुनसक्छ र एउटा अन्जान प्रेमी कसरी कसैको नपाउने मायामा घिच्चिन सक्छ भन्ने बेजोड मनोविश्लेषण कथाले गरेको छ । फुुटपाथ मिनिस्टर जस्तै यो पनि कमै टिपिने कथावस्तुु हो । सामाजिक यथार्थवादीहरू ससाना सामाजिक यथार्थको गहन विश्लेषण कसरी गर्छन् भन्ने दृष्टान्त पनि कथाले दिएको छ । यो मनोवैज्ञानिक यथार्थवादी कथा हो ।

‘सिँगारी बाख्रो’ पशुमनोविज्ञानको मानवीय शब्द हो । सिँगारी बाख्रो, पण्डितनी, पण्डित यसका पात्र हुन् । सिँगारी बाख्रो पण्डितनीको माइतबाट ल्याएको पेवा बाख्रो हो । सिँगारीले वर्षेनी ब्याएर बा¥ह चौधवटा सन्तानमार्फत पण्डित पण्डितनीलाई सेवा गरेकी छ । अध्यात्मिक प्रकृतिका पण्डित र पण्डितनीले पनि सिँगारीलाई औधी माया गरेका थिए । अरूले ठग्लान् भनेर पण्डितनी सिँगारीको स्याहार सुसार, घाँस कुँडोमा आफै खट्थिन् । पण्डित पनि सिँगारीलाई अखण्डै माया गर्थे । पूजाकोठमा बसेर न्यासध्यान गर्दा उनको शरीर ईश्वरको पूजाध्यानमा अल्झे पनि मन सिँगारीपट्टि नै अल्झिरहेको हुन्थ्यो । ‘त्यो पशुुको र आफ्नो ज्यान एकै होइन ।…त्यो पशुभएर पो बोल्न जान्दैन । आफूलाई एक छाका खान नपाए कस्तो हुन्छ, त्यो सम्झनु पर्दैन ?’ भन्दै गीतमा भगवानले भनेका श्लोक भन्थे ।

सिँगारीको सुत्केरी दिन नजिकिँदा स्याहार सुसार चौवर हुन्थ्यो । सिँगारी पनि प्रेमले ‘म्याँ–आँ–आँ’ गर्थी । यस किसिमको माया, प्रेम र ममता च्यापेर सिँगारीले आफ्ना सुखका दिन गुजारेकी थिई । उसले जन्माएका सन्तानको बालक्रीडा सिँगारीले हेर्न पाएकी थिइन, जब अरू सन्तानहरू बढ्थे, अरू अलप हुन्थे । अविवेकी मानिसहरूको हिस्रक भोक पूरा गर्न सिँगारीले सन्तान पैदा गर्दैरही । जब सन्तान पैदा गरिरहन सिँगारीलाई मातृत्व शक्तिले साथ दिएन, पण्डित ‘व्यर्थको सिनोलाई घिच्याएर मात्र के काम, बित्थामा प्याक्क मरिदियो भने नोक्सान मात्र । बरु….कसो ? के भन्छेस् ?’ भनेर पण्डितनीलाई भन्न थाले । पण्डितनीको मान्छे प्रवृत्ति पनि पण्डितको जस्तै भएपछि दस रुपैयाँमा बाउचा (बगरे) लाई बेचिदिए । सबै व्यवहारको साँगोपाँगो सिँगारीको मनले विश्लेषण गरिरहेको छ । मानिस कति स्वार्थी र कृतघ्न हुन्छ भन्ने निष्कर्ष सिँगारीले निकालेकी छ । पशुपात्रमा सायदै लेखिएको यो कथाले नेपाली कथामा छुट्टै स्थान पाएको छ । यो पनि सामाजिक यथार्थवादी मनोवैज्ञानिक कथा हो ।

‘हिमालको छहरा समुद्रको छाल’ कथाकारको निधनपश्चात् प्रकाशित कथाङ्ग्रह हो । सङ्ग्रहमा २०१७ देखि २०४३ सम्म विभिन्न पत्रिकामा प्रकाशित नौ वटा कथा समावेश छन् । यी कथामा सामाजिक विकृति र विसङ्गति, वर्गीय विभेद, राजनैतिक अवस्था, यौवनजन्य मानसिकताका सङ्कीर्ण एवम् विकृत पक्षहरूको उदात्त चित्रण छ ।

‘मेरी कान्छी माइजू’ श्रीमती बितिसकेका कान्छा पराजुलीले दोस्रीे श्रीमती विवाह गरेपछिका घटना क्रममा आधारित दमित इच्छा, चेत÷अवचेत तहको यौन चाहना र यौनउन्मादको विकृति भएको कथा हो । उमेर छिपिइसकेको राम्री र जवान श्रीमती विवाह गरेपछि आफन्तहरू ईष्र्या, द्वेष, आरिस, प्रशंसा, माया र श्रद्धाका प्रतिक्रियामा कथाले सुरुवाती गतिशीलता पाउँछ । जे जस्ता आलोचना र प्रतिक्रिया भएपनि विस्तारै कान्छी माइजू त्यो समाजको माया, प्रेम, सहयोग, उत्साहकी प्रतीक बनिन् । गाउँमा आसिक दिदा पनि, तुलना गर्दा पनि ‘कान्छा पराजुलीकी बाहुनी जस्तो’ भन्ने उपमा दिइन्थो । पछिल्तिर बूढो पतिकी जवान पत्नी भनेर नभएका कुरा काट्ने गरेपनि माइज्यूको अगिल्तिर कसैले हेर्न पनि सक्दैनथे । ईष्र्या गर्नेहरू पँधेरामा उनको नानाभाँती कुरा काट्थे, उनलाई देखेपछि भने कसैको बोल्ने हेर्ने हिम्मत हुँदैनथ्यो । बालक भान्जा मावलमा पढ्न बसेको छ ।

माइज्यू भान्जालाई विछट्टै माया गर्छिन्, अँगाल्छिन्, लपेट्छिन्, च्यापेर सुत्छिन् । बालक भान्जा डराउँछ, तर अव्यक्त मायामा भने लपेटिएको छ । सिग्मण्ड फ्रायडको विलिडोले यहा पनि काम गरेको छ । माइज्यू भान्जाको निर्दोष मायामा मामाको छोरा ठूले ईष्र्या राख्छ, चियोचर्चो गर्छ । बुुबालाई भए नभएको कुरा लगाउँछ । त्यसपछि मामा र ठूलेमा देखिएको ईष्र्या–कुण्ठाभाव पौलिदै जान्छ । यसरी कान्छी माइजूको अव्यक्त यौवन, अवचेत तहको यौनएषणा, बालमनोविज्ञान, ईष्र्या र प्रतिशोधले कथा उत्कर्षमा पुुग्छ । अन्तमा विकृत यौनचाहनाको पूर्तिका लागि सौतेनी आमामाथि जब ठूले आक्रमण गर्न पुुग्छ, कान्छी माइज्यूबाट ठूलेको जनेन्द्रियमाथि हतियार प्रहार हुन्छ । त्यसपछि माइजू अलप हुन्छिन् । लामो अन्तरालपछि माइजू (पूर्व माइज्यू) भेट्दाको घटनास्मृति कथा बनेको छ । यो यौमनोविश्षणात्मक कथा हो ।

‘रानी साहेवको तस्विर’ बाबुसाहेवको पत्नी अनुराग र विकृत यौन चाहनाको भावातिरेकमा गतिशील कथा हो । बाबु साहेव आफ्नी मृत पत्नीको तस्विरमा लीन भएर बाँच्छ । जब छोरी मालती जवान हुन्छे, छोरीको अनुहारमा मृत पत्नीको रानी साहेव चेहरा देख्न थाल्छ । छोरीको रूप, जवानी र अङ्गहरूले बाबुसाहेवलाई थिचेको छ तर झिनो मर्यादाको रेखा चाँहि रहन्छ । एकातिर दमित इच्छाको उग्रवेग, अर्कोतर्फ छोरीप्रतिको माया र तेस्रो कोणमा नैतिक मर्यादामा कथा द्वन्द्वित छ । तर एक दिन बाबु साहेवको मन सीमामा रहँदैन, छोरी मस्तनिद्रामा भएको समय उसको शयनस्थलमा गै झम्टिन खोज्छ । छोरी विउँझिएपछि अतालिएर स्पष्टोक्तिको बहाना गर्छ । यो त्यतिखेरको सम्भ्रान्त समाजको विकृत यौन दैनिकीलाई चित्रण गर्ने मनोवैज्ञानिक कथा हो ।

‘हिमालको छहरा समुद्रको छाल’ सांस्कृतिक आडम्बरमा विकृत हुँदै गएको समाजको चित्र हो । कुमार आधुुनिक बन्ने नाममा आफ्नी सिधासाधा श्रीमतीलाई मद–मदिरा र आफ्ना साथी, परपुुरुषहरूको सङ्गत गराउन पुुग्छ । पुरुषहीन ढोंगीपन देखाउँछ र आफ्नी श्रीमती झुुनुरानीको भनाइ र भावनामा कत्ति पनि वास्ता गर्दैन । अन्ततः झुनुरानीको जवानी थामिदैन र उसैको साथी जोनको जीवनसाथी बनी बोस्टन पुुग्छे । नेपालमा पति कुुमारको आडम्बर यौवनतटस्थ वातावरणबाट पिरोलिएकी झुनुुरानी बोस्टनमा जोनकी फुुपू मार्लिनको धाक, रवाफ र उपेक्षामा सुरुदेखिनै पर्नपुुग्छे । नेपालमा कुमारलाई जङ्गली लाग्ने झुुनु जोन र मार्लिनलाई असभ्य लाग्ने नै भई । अर्कोतर्फ जोन उसकी अफिसकी जुलिएनसँंग देखिन थाल्छ । झुनुुरानीले जोनबाट धन्न एउटा बालक जन्माएकी छ बाब । आफ्नै बच्चा बाबभन्दा मन बुुझाउने अर्को सहारा छैन झुुनुको लागि । हिमालको निश्छल छहरा र समुद्रका गम्भीर छाललाई प्रतीकका रूपमा राखेर सामाजिक विसङ्गति र यौन विकृतिको अर्को चित्र उतारिएको यो कथा नारी यौनमनोविश्लेषणात्मक यर्थावादी कथा हो ।

‘आत्महत्या ः एक मृत्यु सन्त्रास’ भयभित, अज्ञात सन्देह र निराशामा हराएको मानिसको (मदन) को विकृत मनोस्थितिको गुम्फन भएको कथा हो । ‘मृत्यु प्रमाण पत्र’ तत्कालीन शासन व्यवस्थाले दमन गरी निर्ममतापूर्वक मारिएको प्रजातन्त्रप्रेमी मानिसलाई स्वाभाविक मृत्युको प्रमाण पत्र दिइएको निर्मम कथा हो । कथा समय (वि स २०३८) तिर तत्कालीन व्यवस्थाको विरोध गर्ने व्यवस्थाविद्रोही कति राजबन्दीहरूलाई यसरी नै मृत्यु प्रमाण पत्र दिइयो होला ? कथाले मौन प्रश्न छाडेको छ ।

‘जगको ढङु्गो’ वीरबहादुर, लक्ष्मी, किस्ने र मजदुरी गर्दै अग्ला घरका तलाबाट लडेर अकाल ज्यान गुमाउने श्रमजीवीहरूको कथा हो । जगको ढङ्गो परिश्रम र पसिनामा छ तर निर्माणले जगलाई वास्ता गर्दैन । शहर निर्माण, प्रणय र शोषणको कोलाहलको परिणाम हो । पसिना, प्रेम, मानवता, शोषण र क्रुरतालाई कथाले सुन्दर ढङ्गले उतारेको छ । यसले उघारेको चेतनाको क्षितिजले शहर, निर्माण र सभ्यतामा जगको ढुुङ्गाका रूपमा रहेका भुुइँमान्छेहरू सधै तिरस्कृतमा छन् भन्ने देखाएको छ । प्रवृत्तिगत आधारमा यो आलोचनात्मक यथार्थवादमा उभिएको छ ।

‘एउटा अपत्यारिलो कथा : निष्ठा, विश्वास र उत्सर्गको’ निरङ्कुश राजा अधिकार खोज्दै देशद्रोही बनेका निशान्त (जो मृत्युदण्डको पर्खाइमा छ) र उसको साथी प्रकाशको मित्रता, निस्वार्थता र निष्ठाको क्यान्भास हो । मृत्युुदण्ड अघि निशान्त आफना वृद्ध आमाबुुबालाई भेट्न चाहन्छ (जो उसको मृत्युदण्ड पाउने खवर सुनेपछि हृदयघात भै अस्पतालमा छन्) । देशद्रोहीलाई अन्तिम इच्छा किन पूरा गर्न दिनुप¥यो भन्ने राजाको भनाइमा विरोधको स्वर उठेपछि राजा निशान्तलाई उसका वृद्ध आमाबुुबालाई भेट्न दुुईघण्टाको समय दिन बाध्य हुन्छ, त्यसको बदलामा आवाज उठाउने प्रकाशलाई जमानीमा जेल राखिन्छ । यदि भनिएको समयमा निशान्त नआएमा मृत्युदण्ड प्रकाशले व्यहोर्नु पर्ने शर्त छ ।

दुुई घण्टा हुनै लाग्दा निशान्त आइपुुगेको छैन । राजद्रोहीहरू निशान्तजस्तै बेइमान हुन्छन् भन्ने हुङ्कार राजाको हुन्छ र प्रकाशलाई मृत्युदण्ड दिन तयार गरिन्छ । अन्तिम समयमा रगताम्मे भएर सकी नसकी निशान्त आफ्नो सजायँ आफै वरण गर्न आइपुुग्छ तर प्रकाश अब यो सजायँ आफै भोग्ने इच्छामा छ । अन्ततः मितत्राको निष्ठामा निष्ठूर राजा पनि द्रवित भै मृत्युदण्ड मिन्हा गर्न पुुग्छन् । यो निस्वार्थ निष्ठाले राजालाई लोकतान्त्रिक भै जनतालाई अधिकार दिने तहमा पुु¥याउछ । यसर्थ यो अपत्यारिलो कथा बिम्बात्मक सन्देह दिन पुुग्छ । यो सामाजिक मनोवैज्ञानिक र प्रतीकात्मक भावभूमिमा उभिएको कथा हो ।

‘उर्मिला भाउजुू’ मा शहरी समाजको सङ्क्रमणको यौनमनोविज्ञानमा आधारित कथा हो । कथाका मुख्य पात्र उर्मिला, उनको श्रीमान माधव र माधवकोमा आउजाउ गर्ने माधवलाई दाइ भन्ने केशव हुन् । उर्मिला कलेजकी विद्यार्थी हो भने माधव शिक्षक । माधव र उर्मिलामा असीम प्रेम छ । माधवको विद्वता–व्यक्तित्व र उर्मिलाको सुन्दरताले एकअर्का कसिएका छन् । कलेजमा माधव र उर्मिलाको प्रेममा धेरैले ईष्र्या र डाह गरेका छन्, कुरा काटेका छन् । प्रेममा महिलाको सबैभन्दा ईष्र्या महिलाले गर्छन् । सुमित्राले रञ्जना फिल्महलमा रात्री फिल्म शोको चाँजो मिलाएकी छ, जुन ईष्र्या–षडयन्त्रको रूप थियो । फिल्मबाट फर्किदा कारमा लिफ्ट दिने चाँजोपाँचो पनि सुमित्राले नै मिलाएकी थिई । लिफ्टदिने पुरुषबाट उर्मिलाको यौवन लुटिएको छ । आफू पवित्र नरहेपछि माधवजस्तो आदर्श प्रेमीलाई कसरी मुख देखाउने भन्ने मनोवैज्ञानिक द्विविधा उर्मिलामा छ ।

सामाजिक रूपमा बद्नाम उर्मिलालाई माधवले स्वीकारीराख्नु, माया गरिराख्नुमा उसको उदारताभन्दा उर्मिलाप्रतिको दयाभाव छ । उर्मिलाभित्रको नारीचेतले दयामा मात्र चित्त बुुझाउँदैन, उसको मनभित्रको विद्रोह बाहिर पोखिन्छ । यसो हुनुमा अव्यक्त कारक केशव पनि थियो, जुन कुरा माधव र उर्मिलाको असीम प्रेममा पनि केशवले पहिल्यैदेखि शङ्का गर्नु र उर्मिलाले सम्बन्ध विच्छेदको मुुद्दाको किनारा हुने दिन केशवलाई पनि बोलाएकोबाट स्पष्ट हुन्छ । कथा प्रेम, दया र सन्देहको त्रिकोणात्मक मनोविश्लेषणमा गतिशील छ । त्रिकोणीय मनोदशाको मुख्य कोण उर्मिला हो भने अर्को कोणमा माधव र केशव छन् । कार्यव्यापारमा तिनै चरित्र सफा छैनन्, उर्मिलाको सुन्दरता र यौन एषणा, माधवको आदर्श र दयाभित्र वदलावभावको अहङ्कार र केशवको सन्देहको रागले सबै जलिरहेका छन्, यिनै मनोकार्यले कथालाई उत्कर्ष दिएको छ । कथाकारले त्यतिखेरको कटमरो शहरी मनोविज्ञानलाई शिल्पपूर्ण रूपमा उतारेको छ । त्यसैले यो यौनमनोवैज्ञानिक यथार्थवादी कथा हो ।

‘आज फेरि अर्को तन्ना फरिन्छ’ मा आजफेरि अर्को तन्ना फेरिन्छ–१ र २, उसले नजन्माएको छोरो, बरदान ः व्यथा र एउटा मानिस हाँस्छ, अकाशमा ताराहरू छटपटाइ रहेका थिए, शहरको सुस्केरा रातको अँगालोमा, एउटा बाबुको कथा, जो विश्वास गर्न सकिन्न, एउटा अपराधको बकपत्र, नपुुङ्सक युुग र बाँझो धरती गरी नौ कथा सङ्ग्रहित छन् । सबै कथा समाजका असजिला र असङ्गत पक्षमाथि मिहीन विश्लेषण गरिरहेका छन् ।

‘फेरि अर्को तन्ना फेरिन्छ’ (१ र २) औपचारिक कत्र्तव्य निर्वाह गरिरहेको डाक्टर यन्त्रवत दैनिकीको मानसिक उतार चढावको कथा हो । डाक्टर अभिनय झै औपचारिकतामा छ, विमारीहरू उपचारको भौतराइमा छन् । टेलिफोनका घण्टी, विमारीको अवस्था, सलाइन–मर्फिनको आदेश, आदेश पालक नर्सहरू, सहारा खोजिरहेका विमारीका आँखाहरू, बेडहरू खाली हुने र भरिने क्रम, विमारी जाने क्रमसँगै बेडिङको तन्ना फेरिने क्रम वरिपरि कथा चलायमान छ, किनकि यो अस्पतालको कथा हो । नियमित दोहोरिएका औपचारिक झै लाग्ने क्रियाकलापमा वास्तविकता चाँहि परिवर्तन छैन, छोपिएको छ । पुराना डस्नाहरू जुुगौंदेखि फेरिएका छैनन्, गन्हाएका छन्, पीप र रगतका टाटैटाटा छन् तर तन्नाले मात्र तिनीहरूलाई ढाकिदै आएको छ । तन्न फेरिन्छ, वास्तविकता फेरिदैन । पेसेन्टहरू मृत्यु सम्झेर बसेका छन्, जीवनको आशामा घिच्चिएका पेसेन्टहरू उपचारका आशामा छन््, पेसेन्ट मरेर÷डिस्चार्ज भएर खाली बेडहरू अर्को पेसेन्टको प्रतीक्षामा छन्, तन्नाहरू फेरिएका फेरियै छन् तर बेडिङ उही छन् । यो अस्पतालको औपचारिकताले जीवन र व्यवस्थाका थुप्रै अभिनयजस्ता लाग्ने औपचारिकतालाई खिज्याइरहेको छ । यो यथार्थवादी मनोवैज्ञानिक कथा हो ।

‘उसले नजन्माएको छोरो’ कथाकारको रूपरेखामा छापिएको ‘उसकी स्वास्नीको छोरो’ शीर्षकको कथाको फेरिएको नाममा सङ्ग्रहमा समावेश मनोदशाको बेजोड चित्रण गर्ने कथा हो । कथाकारका धेरैजसो कथाहरूमा नारी मनोदशाको कुशाग्र शब्द हुँदै आएकोमा यस कथामा चाँहि पुरुष मनोदशा र नारी यौनमनोविज्ञान दुवैको शब्द छ । पुरुषत्व गुमाएको मधुसूदन, पुरुष समर्पणमा आफ्ना कामना पूरा नभएकी उसकी श्रीमती सावित्रीको मनोदशाको सिलसिलामा गतिशील कथा अघि बढ्छ । विवाहको पहिलो रातमा नै सावित्रीलाई चरमोत्कर्षको पु¥याउन नसकी आफैमा चरम ग्लानिबोध गरिरहेको मधुुसूदन र भित्रभित्रै बाफिएर गुम्फित बनेकी सावित्रीबाट कथा सुरु हुन्छ । पहिलो मोडमा एक अर्काको मनोदशा बुुझेर पनि केही गर्न नसकेका मधुुसूदन र सावित्री छन् ।

मधुुसूदनको किन सन्तान भएन, सावित्री अहिलेसम्म किन बाँझी छ भन्ने छरछिमेक र नाति खेलाउने बुुबाआमाको चाहनाबाट सुरु भएको धामी झाक्री, झारफुकबाट कथाले दोस्रो मोड लिन्छ । न सावित्रीले आफ्नो लोग्नेको नपुंसत्वलाई बाहिर ल्याएकी छ न मधुसूदनले नै आफ्नो वास्तविकता बताएको छ । यी दुुई प्राणी जैविक होइन, भावना र यौनमा होइन सामाजिक औपचारिकतामा लोग्ने स्वास्नी भएर बसेका छन् । जब मधुसूदनको शरीर मात्र होइन, मनपनि नपुसंक भएको आफै पाउँछ, त्यसपछि भने आफूलाई अपराधी महसुस गर्छ, सावित्री पनि उसलाई पूर्ण तिरस्कार गर्छे र घृणाभावमा रहन्छे । आफूप्रतिको अपराधबोध र श्रीमतीको घृणा र तिरस्कार बोकेर मधुसूदन कुनै अनकन्टार÷विरानो देशमा जान्छ । यसबीच सावित्रीमा पनि अरू पनि पुरुषत्व भएका मानिस होलान् भन्ने आत्मविद्रोहको भावना जाग्छ र ऊ त्यताप्िटट अभिमुख हुन्छे । नौ महिनापछि मधुसूदनले बाबुको खवर बोकेको चिठी हात पर्छ ।

घर फर्किन्छ, सबै वातावरण खुसी देख्छ । जब सावित्रीको कोठामा पस्छ, उसले बच्चालाई अँगालोमा राख्दै म्वाई खान थाली त्यसपछि त्यो सन्नाटाले दिएको सजायँ र गरेको तिरस्कार अनि अपमानका कारण मधुसूदन फेरि त्यहाँबाट निक्लियो । कथाले अन्तिम मोड लिन्छ र कथा सकिन्छ तर नेपाली समाजमा यस्ता कथाहरू सकिएका छैनन्, कथाकारले नेपाली समाजभित्र दवेर रहेका थुप्रै मधुसूदन र सावित्रीको कथालाई उजागर गरेका छन् । यो आलोचनात्मक यथार्थ र पलायनवादको मिश्रित कथा हो । मधुुसूदन जीवनबाट पलायन हुँदैछ, विद्रोहीचेतका साथ सावित्री यौनाशक्ति र आमा बन्ने दुवै अभीष्ट पूरा गर्छे ।

‘एउटा बाबुुको कथा जो विश्वास गर्न सकिन्न’ अस्वाभाविक मनोदशामा पिल्सिएको बाबु (मनोहर) को पलायनको कथा हो । ‘एउटा अपराधको वकपत्र’ आफ्नी श्रीमतीलाई वास्ता नगर्दै परस्त्रीमा सल्केको अपराधी पुरुष र सम्भ्रान्त परिवारकी विग्रिएकी छोरीको विकृतिको वकपत्र हो । ‘नपुसंक युुग बाझो धर्ती युुग र समाजप्रतिको आक्रमण र व्यङ्ग्यको अभिव्यक्ति हो ।

‘एउटा बुढो बकैनाको रुख’ मा एउटा अबोध बालकले बकैनाको रुखमा सुन्दर नौजवान व्यक्ति झुन्डिएर मरेको देखेपछि त्यो किन झुुन्डिएको होला ? वा झुन्ड्याइएको होला भन्ने कौतुहलबाट सुरु भएको कथा हो । कुन अपराधमा झुन्ड्याइएको हो, उसले किन माफी नमागेको होला भन्ने जिज्ञासा आमा, बुुबामा राख्छ तर त्यसको गतिलो उत्तर पाउँदैन । कथा परिवेश १९९७ को शहीद घटनाको हो भन्ने सङ्केत पाइन्छ । लेखकले चौथाइ शताब्दी अगिको घटना भनेकाले पनि यसको पुष्टि हुन्छ । बुढो बकैनाको रुख इतिहास र अपराधको साछीको रूपमा चित्रित छ भने अबोध बालकलाई मुख्य पात्र (मुखपात्र) को रूपमा लिइएको छ । यसले तत्कालीन निरङ्कुश शासनले कतिसम्म अत्याचार गरेको छ भन्ने देखाएको छ । यस अर्थमा यो कथा इतिहास र मनोविज्ञानको सम्मिश्रणमा छ । भनिन्छ साहित्यमा पात्रमात्र फरक हुन्छ, घटना चाँहि सही र इतिहासमा चाँहि पात्र चाँहि सही हुन्छ तर घटना तोडमोड गरिन्छ । यो बालमनोविश्लेषणत्मक कथा हो ।

‘मधुमालतीको कथा’ मेरी सानी भतिजी प्रतिमा र फुटपाथ मिनिस्टर जस्तै बालमनोविज्ञानको विशिष्ट चित्रण गर्न सफल कथा हो । शङ्कर उसकी आमाले सुनाएको मधुमालतीको कथामा आधारित रहेर बालचरित्र व्यवहार गर्दछ । शङ्कर प्रमुख बालपात्र हो, सहपात्रको भूमिकामा गौरी रहन्छे, गौरीका दिदी र आमाहरू खलपात्रका ससाना भूमिकामा छन् । कथामा सात–आठ बर्से शङ्कर र गौरीको निस्छल, निस्कपट बालसुलभ प्रेमव्यवहार छ । तर फरक आर्थिक अवस्था र हैसियतका कारण कथाले दुखान्त समापन व्यहोर्छ । शङ्कर निम्न आर्थिक हैसियतको बालक हो, गौरी सम्पन्न परिवारकी बालिका । शङ्कर उसकी आमाले सुनाएको मधुमालतीको कथाको मधुकर जस्तै वायुुपङ्खी घोडामा बादलमाथिसम्म स्वच्छन्द उडाएर खोल्न चाहन्छ तर गरिब भएको कारण घोडा किन्ने सामथ्र्य ऊसँग छैन ।

गौरी आफ्नो बाबालाई भनेर घोडा किन्ने कुरा गर्छे तर शङ्करको पुुरुष स्वाभिमानले यसलाई सम्मति दिदैन । एक दिन गौरीको आग्रहमा शङ्कर उसको बाइसाइकल चढ्छ तर गौरीकी दिदी र आमाले तल्लो वर्गको भनी अपमान गर्छन्, पिट्छन् र फेरि नभेट्न चेतावनी दिन्छन् । त्यसपछि शङ्कर बिमारी पर्छ र गौरीलाई भेट्न नपाएकोमा छटपटिन्छ । आमाले सुनाएको कथामा मधुुकरले मुरली बजाएपछि मालती आउथी, शङ्कर पनि त्यसै गर्छ तर गौरी आउदिन । घोडामा चढेर जानपाए गौरी खुसी हुन्थी भन्नेमा शङ्कर भौतारिन्छ । उसले एकदिन प्लाष्टिकको घोडा पाएपछि आफ्नी गौरीलाई देखाउन÷खुसी बनाउन गौरीको घरतिर जान्छ । गौरी मोटरमा बाहिर निस्कदै गरेको हुन्छे, शङ्करले देख्छ । आफ्नो घोडा देखाउन खोज्दा घोडा खस्छ र गौरी चढेको मोटरको पाङ्ग्राले कच्याककुचुक हुन्छ ।

गौरी देखेपनि बोल्दिन, वास्ता गर्दिन । छोटाहरूको सङ्गत नगर्न उसको परिवारबाट भएको अभिमुखीकरणका कारण गौरीको निश्छल बाल मन वेग्लिन पुुग्यो । प्लाष्टिकको मोटर मात्र कच्याककुचुक भएको छैन, सपना पनि कच्याककुचक भएको छ । शङ्करको अवचेत मनले सङ्घर्ष त गर्छ तर पराजित छ, जसरी फुटपाथ मिनिस्टरमा गोरे पराजित भएको थियो । त्यसपछि शङ्करको जीवनमा आउने परिवर्तन, व्यवहार परिवर्तन र व्यक्तित्व विकासमा आउने परिवर्तनलाई कथाकारले नबताएपनि त्यसको स्वाभाविक अनुमान पाठकले गर्न सक्दछन् । बालबालिकाहरूबाट औधी रुचाएको यस कथामा आधारित टेलिचलचित्र निर्माण भै नेपाल टेलिभिजनबाट प्रसारण समेत भएको थियो । साथै यही कथामा निर्मित चलचित्रले मास्कोमा आयोजित चलचित्र महोत्सावमा तृतीय स्थापन पाएको थियो । यो आलोचनात्मक यथार्थ र बालमनोविश्लेषणात्मक कथा हो ।

कथामा समाख्याताका रूपमा रहेका विकलले सामाजिक आर्थिक विषमताले बालमनोविज्ञानमा पर्ने प्रभावलाई उल्लेख गरेको छन् । ठूलो कोख (वर्थप्लेस प्रिमियम) पाएका बालकहरू उनीहरूको आर्थिक हैसियतले अवसरहरू किन्न सक्दछन् तर जन्मदा सबै समान हो तर परिवेशले उसलाई भिन्न बनाउँछ भन्नेतर्फ सङ्केत गरिएको छ ।

कथाकारको आत्मत्व प्रधान पात्र शङ्करसँग छ । हुनतः कथाकारहरू प्रधान पात्रलाई आप्mनै प्रतिनिधि वा मुखपात्र बनाएर अभिव्यक्ति दिन्छन् । विकलका धेरै कथाहरूमा यो प्रत्यक्ष देखिन्छ । त्यसमध्ये मधुमलतीको कथामा मधुकर (शङ्कर) आफै भएको प्रत्यक्षा महसुस हुन्छ । यो उनकै बाल्यावस्थाको घरपरिवारमा देखिएको स्मृतिको प्रतिवर्तन पनि हो । जे होस् कथाले प्रतिनिधित्व गरेको विषय र चरित्रव्यापार नेपाली समाजको भोगिदो अनुुभूति हो । शङ्कर र गौरीको मनोविज्ञान नेपाली समाजमा पर्याप्त भेटिन्छ ।

‘आफ्नै धर्र्तीलाई छुन खोज्दा’ (सुलेख रमेश विकल विशेषङ्क, वुर्णङ्क १२५, माघ २०७९) सीमा साहित्य (फ्रन्टिएर लिटरेचर) को प्रयोग हो । कथामा नेपालका पश्चिमी जिल्ला दार्चुलामा छिमेकी मुलुकले महाकाली पारिका बस्तीहरू र कालापानीमा गरेको सीमाज्यादतीको कुरा उल्लेख छ । लिलु ठगुन्ना आफ्नै भूमिमा डर र आश्चर्यमा छ । उसलाई सीमा रक्षकहरूले त्यहाँ गएकोमा केरकार गर्न थाल्छन् । ‘एउटा विदेशी मान्छेले उसका आफ्नै धर्र्र्तीमा चोरलाई झै केरकार गर्न थालेको देखेर उसको मन डर हरायो’ । त्यसपछि बिलुभित्र राष्ट्रियताको भाव उर्लिन्छ तर उसलाई आतङककारीको आरोपमा घिसार्दै लगेर आफ्नै भूमिको सैनिक पोष्टमा बन्दी बनाए । प्रमुख जिल्ला अधिकारीले सामान्य नागरिक र सत्ताप्रति निष्ठावान् युवक हो, यसबाट मित्रशक्तिलाई कुनै खतरा छैन भनी छुटाए । केहीपछि ऐरसिंह धामीकी भर्खरै विवाह गरी ल्याएकी बुहारी गुएँली सबैरै उठेर गाईबस्तुलाई स्याउला ल्याउन हैसेलु वन पसेकी फर्केर फेरि आइन । उनको रगतमा मुुछिएको क्षतविक्षत नाङ्गो लास पाँच दिनपछि सीमावर्ति नदीको किनारामा दुुई ठूला ढुङ्गाको ककरामा च्यापिएको अवस्थामा फेला परेको थियो । गाउँका बाल बृद्धवनितासहित प्रौढ तन्नेरी पुरुषहरू महाकाली बगरतिर दगुरे ।

गुएँलीको वीभत्स शरीर देखेपछि ऐरसिंह धामी छाती पिट्दै रुन थाल्यो ‘कैका कर्तुत हुन्ना यो ?’ ‘हे मालिका माई गोदलीले केखरा क्याई बिज्याइँ गद्दी भै ? र एइकी इसो गति भइग्यो’ । पीडा पोख्नुको के अर्थ रह्यो र । प्रशासन र राजनीतिज्ञहरू ठूलदाइका क्रीतदास थिए । मध्यखाले प्रशासकहरू उनीहरूको दयादानमा छोरीछोरीलाई छात्रवृत्ति लिई रहेका थिए । राजनीतिज्ञहरू सीमा सौदामा राजनीति गरिरहेका थिए । खलङ्गा हाइस्कुुलबाट मनिराम विष्ट सरुवा भै सीमा नि मा वि मा हेडसर भएर हेडसर भै आएपछि केही विद्यार्थीहरूमा सीमा जागरुकता विस्तार भयो । ‘कालापानी, कालापानी नालापानी १हाम्रो धर्ती कालापानी …ए काला१ छोडीझाला १हाम्रो धर्ती कालापानी’ को नारा घन्किन थाल्यो । ज्ञानी बोहोरा जस्ता बालकहरू पनि ’उनी दिनमा काँडेतार लगाउन्नान्, हामी रात गै तिनलाई उखेली फाल्नाउँ’ भनेर रगत उमाल्न थाले । सरकार, शासन, प्रशासन, नीति, राजनीति लाछी भएपनि ‘सीमित निशस्त्र र निर्वल भएर पनि राष्ट्रियताका न्यायपूर्ण स्वर झन झन सवल हुँदै जान्छ’ । युवा विद्यार्थीहरू ‘हामी आफ्नी धर्तीको अखण्ड खण्डलाई तिम्रो दानवी बङ्गाराबाट नछुटाई पछाडि हट्तैनौं, हट्तैनौं, हट्तैनौं’ ।

प्रेम, विरह, विसङ्गति, शोषण, उत्पीडन र आक्रोसका भाव–भावनाका कथामा फैलिएका कथाकार विकल ‘आफ्नै धर्तीलाई छुन खोज्दा’ मा आइपुुग्दा राष्ट्रियता, त्यसमा पनि सीमा अतिक्रमणप्रति सीमाक्षेत्रका बासिन्दामा जाग्ने राष्ट्रियता, सीमापीडालाई उठाउन पुुगेका छन् । यो कथाले झापादेखि–दार्चुलासम्म रहेको सीमा अतिक्रमण देखाएको छ । कथामा क्यानेडियन नारीवादी लेखिका इलिस मुनरोले जस्तै सीमा साहित्यचेत देखिन्छ । कथा पढ्दा जोकुनै पाठक कञ्चनपुरको प्याराताल (केही अघिसम्म नेपाली भूमिमा पर्र्ने हाल भारतको सीमाभित्र गाभिएको), कालापानी, लिपुुयाधारा, लिपुलेखका चित्रहरू दिमागमा खेल्न थाल्छन् । कञ्चनपुरको पुनर्वास क्षेत्रका बासिन्दाले भोगेको सीमाज्यादतिको अनुुभूति हुन्छ । कताकति कास्मिर फाइलको सम्झना आउँछ । कथा शासन–प्रशासनप्रति व्यङ्ग्यात्मक छ, राष्ट्रियताप्रति निख्खर छ र स्थानीयताको छुट्टै चित्र पनि दिएको छ । यो एकसाथ राष्ट्रियता, सीमा पीडा, शासकीय व्यवस्था र स्थानीयताको चित्र हो । यी सबै विषयलाई मनोविश्लेषणत्मक तवरले प्रस्तुत गरिएको छ ।

‘आकाशमा ताराहरू छटपटाइरहको थिए’ मनोविश्लेषणमा आधारित कथा हो । सत्यलाल र मनमायाको सम्बन्ध र मनोदशामा कथा गतिशील छ । मनमायालाई सत्यलालले मन पराएर नै विवाह गरेको छ । तर सत्यलाललाई मनमायाको आफूसँग विवाह गर्नुअघि अर्कोसँग प्रेम थियो, प्रेम मात्र होइन यौनसम्पर्क पनि थियो भन्ने थाह छ । सत्यलाल मनमायालाई उसको पहिलाको प्रेमीको विषयमा जिज्ञासा राख्छ, ‘मनमया भावावेशमा कुरा गर्दै जान्थी । त्यतिवेला सत्यलालको अनुुहारमा कति पीडाका रेखाहरू कोरिन्थे, ऊ त्यो पत्तो पाउन्नथी’ । यसबाट सत्यलालको मनमा एक प्रकारको ईष्र्या र विक्षिप्तता पैदा हुन्छ । ‘प्रत्येक रात जब ऊ कोठामा पस्थ्यो र मनमायाको गोरो सुकुमारी र उज्यालो अनुहारमा उसको आँखा पर्दथे, त्यस अनुहारसँग अर्को अनुहारको कल्पित चित्र उसका आँखा वरिपरि घुम्न थाल्थ्यो । त्यो कल्पित चित्र उसलाई उसकी स्वास्नीले पहिले नै प्रेम गरिसकेकी थिई’ भन्ने भावका अर्को चित्रको सापेक्षमा हेर्न पथ्र्यो । ‘स्वास्नीको मीठो अनुहार पनि उसलाई जुठो लालमोहन जस्तो लाग्दथ्यो’ । पुुरुष मनोविज्ञानमा आधारित यस कथाले पुरुषले विवाह अघि यौनसम्पर्क गर्दा केही नहुुने तर महिलाले यही गर्दा भने वैवाहिक जीवन विशृङ्खलित हुने पुरुषवादी हैकमी समाजको चित्र उतारिएको छ । कथाले यौन, प्रेम र वैवाहिक सम्बन्धको त्रिकोणीय मनोविश्लेषण गर्दछ । यो विकलको प्रयोगवादी मनोवैज्ञानिक कथा हो ।

‘मेरो एकजना विचरा पत्नी पीडित साथी’ र ‘विचरा भद्र मानिस’ पुरुष मनोविज्ञान र पलायनवादमा अघि बढेका कथा हुन् । दुवै कथाका पात्रहरूश्रीमतीबाट पीडित छन् तर सामाजिक जिम्मेवारी र नैतिकताका कारण आफ्ना श्रीमतीसँग सङ्घर्ष गर्दैनन् । ‘तर कोपिला फक्रेन’ गरिबी र विपन्नताको कारण बालइच्छाहरूले मूर्तरूप नपाएको आलोचनात्मक यथार्थवादी मनोविश्लेषणत्मक कथा हो । ‘दुुई रुपियाँ नोट’ आर्थिक विपन्नताका कारण शहरमा जीवन निर्वाह गर्दाको छटपटी र विवशताको कथा हो । यसले आलोचनात्मक यथार्थवाद र मनोवैज्ञानिक प्रवृत्तिलाई लिएको छ । ‘एउटा फूलदान भित्रको रोमान्स’ असफल प्रेमकथाको प्रतीकीय शब्द गर्ने मनोवैज्ञानिक कथा हो । ‘पशुपतिनाथको छायाँ दर्शन’ मा धर्मको नाममा आडम्बर गर्ने सामाजको यथार्थ चित्रण आलोचनात्मक रूपमा गरिएको छ । ‘मोटिंदै गएका पाइलाहरू’ समाजमा रहेको जातीय–लिङ्गीय भेदभाव र आडम्बरको प्रस्तुत गर्ने सामाजिक यथार्थवादी कथा हो । ‘वयं रक्षाम्’ नैतिकताको आवरणमा अनैतिक गर्ने धर्मआडम्बरी संस्कृतिको चित्रण गर्ने आलोचनात्मक यथार्थवादी÷प्रगतिशील कथा हो । ‘एउटा अवकाश प्राप्त वेश्याको आत्महत्या’ सामाजिक विकृतिको चित्रण र समाजमा मै हूँ भन्ने अनैतिकहरूप्रति व्यङ्ग्य गरिएको आलोचनात्मक यथार्थवादी कथा हो । ‘अपाङ्ग वर्ष’ सूत्रवाक्यमा नै अपाङ्गप्रति राज्यले गरेको व्यवहारलाई छर्लङ्ग पार्ने आलोचनात्मक यथार्थवादी लघुकथा हो ।

विकलले लेखेका धेरै कथाहरू सामाजिक, मनोवैज्ञानिक, प्रगतिवादी र अस्तित्ववादी छन् । अर्को आयामबाट यर्थावादी, स्वच्छन्दतावादी, प्रयोगवादी, चरित्र प्रधान, घटना प्रधान वा विचार प्रधानका कित्तामा राखी विश्लेषण गर्न सकिन्छ । उनका कथामा सामाजिक विभेदको चित्रण छ, मानसिक द्वन्द्वको छटपटी छ, अस्तित्वको लागि उकुसमुकस छ, निश्चछल प्रेम छ, घृणा र आक्रोस छ, सन्देह छ र आशाको किरण पनि छ । कथाहरू वैचारिक छन्, व्यङ्ग्यात्मक छन्, प्रतीकात्मक छन् । त्यसैले कथाहरू विषयगत र शब्दगतमा पनि विविधतामा छन् ।

उपन्यासहरूको संक्षिप्त विवेचना
सुनौली ः सुनौली उपन्यास रमेश विकलको पहिलो उपन्यास हो । कतिपय समालोचकहरूले रमेश विकलको सिर्जना यात्रालाई तीन समय खण्डका साथसाथै प्रवृत्तिमा विभाजन गर्ने गरेका छन् । पहिलो कालखण्ड २००६ देखि २०२१ सम्म विकलको प्रवृत्ति गुरुप्रसाद मैनालीले सुरु गरेको सामाजिक यथार्थवादी आदर्शमा रहन्छ । यही चरणमा आलोचनात्मक यथार्थवाद विकास हुने आधार पनि सिर्जना भएको छ । दोस्रो कालखण्ड २०२२ देखि २०३१÷३२ सम्मको दशक, जहाँ विकलको शब्दमा मनोदशाको चित्रण र यौनमनोविश्लेषणले प्रधानता पाएको छ भने तेस्रो कालखण्ड २०३२ पछि सामाजिक यथार्थको जगमा प्रगतिवादी धारा पक्डिएको देखिन्छ । यी तीनमध्ये ‘सुनौली’ दोस्रो धाराको प्रयोग–प्रवृत्तिमा छ ।

‘सुनौली’ एउटा निम्न वर्गीय पात्रको कथा हो, जुन सामाजिक प्रभावबाट मनमा उव्जिएका आकाङ्क्षा पूरा गर्ने अपरिपक्व व्यवहारमा दोलायमान छ । काठमाडौं शहरबाट एक दुुईदिनको दूरीमा रहेको ग्रामीण बस्ती(सायद कोभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक, दोलखा कतै) को गोरे बम्जन कि किशोरी छोरी सुनौलीमा सानैदेखि शहर बजारको विलाशिताको सपना छ । त्यो सपना छिमेकी कर्णेल्नीको छोरी गुनु मैया लगायत राणा परिवारमा चाकरी गर्ने गाउँलेको कुराकानीबाट हुर्केको छ । गाउँका मानिसहरूमा हुनेगरेको शहर बजारको कुराबाट आर्थिक विपन्नतामा गुज्रिरहेको परिवारकी किशोरीमा शहरप्रतिको अनुुराग र आशक्ति जाग्नुु स्वाभाविक थियो ।

शहरको होटेलमा काम गर्ने गाउँले किस्ने पनि गाउँ आँउदा सुनौलीको घरमा बस्ने, शहरको कुरा गर्ने गर्दै आएको छ । किस्नेको कुराबाट सुनौली झनै शहरप्रति मनोवैज्ञानिक रूपमा तानिन पुुग्छे । एक दिन घरमा थाहै नदिई सुनौली किस्नेसँग भागेर शहर पस्छे । न अभिभावकत्व, न सहारा, न न कुनै आधार सुनौली शहर हानिएपछि कथाले पहिलो मोड लिन्छ । किस्नेले सुनौलीको कुमारित्व पनि लिन्छ तर शहरको सपनाका लागि उसलाई यो खासै पर्वाह छैन । उसले किस्नेसँग प्रेम गरेकी हो वा शहर भाग्ने सहारा बनाएकी हो, उसैलै थाहा छैन, त्यै लोभमा ऊ किस्नेको यौनतृष्णा पूरा गरिदिन्छे ।

काठमाडौं पुुगेपछि आफू बस्ने गरेको ड्राइवर्नीको डेरामा छाड्छ । किस्ने दिनभरि होटेलमा काम गरेर बेलुका मात्र फर्कने गर्दछ । यौन दलाली गरेर पैसा कमाउन पल्केकी ड्राइवर्नीको पासामा सुनौली फस्न पुुग्छे । किस्ने होटेल गएको समयमा सुनौली शहरका विग्रेका आवारा केटाहरूको यौनतुष्टि पूरा गर्ने कार्यमा अगि बढ्छे । तर यो बाध्यता र यौनधन्दामा पनि सानैदेखि सुनौलीसंग सँगालिएको शहरी जीवनको सपना, विलासी जीवनको सपनाको कारणका परिणाम थिए । विलासिताको सपना त थिदैथियो, उसे आकाङ्क्षाका खातहरू लगातार बढाएकी छ । उसका आकाङ्क्षाहरू अप्राकृतिक थिए, जसलाई सानैदेखि गाउँमा शहरप्रति बनेको दृष्टिकोण, लालसा र दमित इच्छाले उकेरा दिइरहेका थिए । यौन विनिमयको क्रममा सुनौलीको नवधनाढ्य राणा परिवारको युवक सिंहको सम्पर्कमा पुुग्छे । यसपछि उपन्यासले अर्को मोड लिन्छ ।

सिंहको सम्पर्कमा पुुगेपछि ड्राइवर्नी र किस्नेसँग सम्पर्क रहँदैन । सिंह सुनौलीलाई यौन अभीष्ट पूरा गर्ने र सिनेमाको नायिका बनाएर धन आर्जन गर्ने दोहोरो रणनीति लिएर अघि बढ्छ । सानैदेखिको रङ्गिन सपना पूरा हुन लागेकोमा सुनौली मख्ख छ । नायिकको तालीम लिन्छे, नायिका बन्छे र विग्रेका धनाढ्य पुरुषको कामना पूरा गर्छे । अब गाउँकी सुनौली रहिन, कनक नायिका बनी । सिंहका यौनलीलामा लिप्त हुुँदै गई, दुवै एकअर्काको यौनोन्मादमा लिप्त भए । यसै क्रममा ऊ सिंहको गर्भ धारण गर्न पुुग्छे, सिंहले जवर्दस्त गर्भ पतन गराउँछ । उनीहरू पे्रम र दाम्पत्य जीवनमा थिएनन्, स्वार्थको सौदामा थिए ।

गर्भ पतनपछि सुनौलीमा पहिलाको सौन्दर्य रहँदैन, स्वास्थ्य अवस्था पनि कमजोर रहन्छ । सिंहबाट त्यागिन पुुग्छे । सिंहले उसलाई उपयोग मात्र गरेको थियो, उसले सिंहले पत्नी स्वीकार्छ भन्ने सोच्नु पनि स्वाभाविक थिएन । त्यसपछि प्रेम साहेवको यौन अभिसारिकाको रूपमा रखौटी बन्न पुुग्छे । प्रेम साहेवबाट पनि गर्भ रहन्छ, यस पटक ऊ गर्भ पतन गर्न मान्दिन र अपरिचित कुनै ज्यापूको आश्रयमा पुुग्छे । त्यसपछि उपन्यासले अर्को मोड लिन्छ, यो मोड दारुणिक मोड हो । सुनौलीका सपना निख्र्रिएर दुःख र पीडाका अरू कष्टकर दिन सुरुहुने मोड हो ।

छोरी जन्माउँछे र पुनः ड्राइवर्र्नीको शरणमा जान्छे । उससंँग अब नवजात शिशु पनि छ, त्यसको जिम्मेवारी पनि छ तर आर्थिक उपार्जनको कुनै आधार छैन । यसर्थ ड्राइवर्नीले चलाएको पेसामा व्यस्त हुन्छे । अत्यधिक यौन सम्पर्कको कारण निम्फोमेनियाबाट सङ्क्रमित हुन्छे । आफूसँग भएको पैसा गहना र छोरी किस्नेलाई जिम्मा लगाएर जीवन लीला समाप्त गर्छे । उपन्यास सकिन्छ ।

त्यत्तिकै र अपरिपक्व रूपमा, पूरा नहुने सपनाका खातमाथि यात्रा गर्दा एउटी ग्रामीण नारी कसरी च्यूतच्यूत भएर आफूलाई सखाप बनाउन पुुगी भन्ने चित्रण कलात्मक रूपमा प्रस्तुत गर्न उपन्यास सफल छ । उपत्यकाको आसपासका जिल्लाहरूमा राणा खानदानको चाकरीले जन्माएको सामाजिक प्रभावले यस्ता थुप्रै घटनाहरू भएका हुनसक्छन् । जस्तो कि सीता महारानीको कथा पनि इतिहासले देखाउँछ । तर सीता महारानीको कथाले विलासिताको इरादा पूरा गरेको छ भने सुनौलीको त्यसमा असफल छ । सिता महारानी पनि सुनौलीकै भेग कि तामाङ समुदायकी सुन्दर यौवना राणा दरवार पसेकी थिए, श्री ३ उसप्रति यति आशक्त भए कि उनको नाम पनि परिवर्तन भयो, माइतीको थर पनि परिवर्तन भयो र सीता महारानीकै सिफारिसमा पाँडे पजनी सुरु भएको थियो भन्ने कहावत छ ।

सुनौलीको भाग्य भनौ वा आफ्नै अपरिपक्वताले ठगिन पुुग्यो । त्यसैले यो उपत्यका आसपासका धेरै सुनौलीहरूको जीवन धाई, यौनअभिसारिका जस्ता पेसाहरूमा गुज्रेकाहरूको कथा हो । उपन्यासका कथाले यौन अभीप्सा र जैवनिक उद्देश्यलाई साथसाथै प्रस्तुत गरेको छ तर ती दुुईबीच सन्तुलन नहुँदा भने सुनौलीको जीवन वर्वाद भयो, यौन विकृतिमात्र देखियो । साथै उपन्यासकारले सुनौलीमार्फत नारी मनोदशामा कमजोर रहन्छन् भन्ने पनि सङ्केत गरेका छन्, त्यसैको परिणाम दमित इच्छापूर्तिमा जताततै विकृत÷अमर्यादित यौन उच्छालको तरङ्ग सुनौलीले दिएकी छ तर न उसलाई कसैले माया र आत्मीयता देखाए न आफैप्रति उसले न्याय नै गर्न सकी ।

अविरल बग्दछ इन्द्रावती ः आञ्चलिक परिवेशका आधारमा ‘अविरल बग्दछ इन्द्रावती’ (२०४०) पनि ‘सुनौली’ पनि काठमाडौं आसपासको जिल्लाको सामाजिक घटनावृत्ति प्रतिनिधित्व गर्ने उपन्यास हो । सुनौली र यसको लेखाइ अवधिमा करिव एक दशकको अन्तराल छ । उपन्यास समयको नेपाली ग्रामीण समाजका निम्नवर्गीय परिवारकोे दुःख, पीडा, छट्पटी समान छ, भलैकि कथावस्तु नितान्त भिन्न हो ।

काठमाडौं उपत्यकाभन्दा केही पर रहेको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी, मेलम्ची उपत्यकाको आसपासको दनुवार माझी बस्तीको कथालाई मार्मिक रूपले उपन्यासमा चित्रण गरिएको छ । माझी परिवारलाई ठालू शोषक काजी खलकले पुस्तौदेखि शोषण गर्दै आएका छन् । यस उपन्यासका प्रमुख पात्रहरू माझी युुवक सोभिते, भुमा मिजार, उसकी छोरी लालगेडी, छोरा भीमे र जैमाने, मास्टर गिरी, हरिकृष्ण सन्नेसी, सानोकाजी (त्रिलोचन सिंह) आदि छन् । कथाको नायकको रूपमा सोभिते, नायिकाको रूपमा लालगेडी र खलपात्रका रूपमा सानाकाजी देखिन्छन् ।

उपन्यासमा माझी परिवार र काजी खलकको बर्ग सङ्घर्ष र सोभिते–लालगेडीको माया पिरतिको सामान्तर कथा छ । सामाजिक वर्ग सङ्घर्षले सामाजिक न्याय र माया पिरतिले आदर्श प्रेमको स्थापना गर्न कथा गतिशील छ । तर पनि उपन्यासको केन्द्रीय विषय भनेको सामाजिक शोषण विरुद्धको कथा हो । अन्य ससाना उपकथाले उपन्यासमा उपन्यासलाई जीवन्त प्रभावोत्पादक बनाएको छ ।

माझी परिवार बनिवुतो गरेर काजी परिवारमा आश्रित र त्यही परिवारबाट शोषित हुुँदै जीवन निर्वाह गरिरहेका छन् । समाजमा काजी परिवारको हैकम चल्छ, त्यसैलाई विनाप्रतिक्रिया सबैले मान्दै आएका छन् । उसको शक्ति पहुच समाजदेखि शहरसम्म छ । बुढाकाजीहरू देखावटी सेवा र माझीप्रति दया पनि देखाएका थिए तर शोषणको कथा पछिल्लो समय, विशेषतः सानोकाजीबाट बढेको छ । उता सामाजमा विस्तारै आएको चेतले माझी परिवारका युवामा जे पनि सहने बानी हट्ने लक्षण देखिएको छ । काजी परिवारकै पहलमा गाउमा स्कुल खुलेको छ, रात्री पाठशाला पनि सञ्चालन भएको छ जहाँ सोभिते लगायत माझी परिवारका युवाहरू पढ्न पाएका छन् । सानो काजी (त्रिलोचन सिंह) उद्दण्ड स्वभावको छ । उसका शहरिया साथीहरू आउँदा दुवाली थुुनेर जाल हान्ने व्यवस्था मिलाउने उर्दीलाई माझी युवाहरूले नमानेपछि उपन्यासले विस्तारै सङ्घर्षको मोड लिन्छ ।

घटुवारेलाई डुङ्गा तार्ने माझी युवती लालगेडीलाई सानो काजी आफ्नो वासनापूर्ति गर्ने इरादा राख्छ तर त्यसमा ऊ सफल हुँदैन । प्रधानपञ्चको चुनावमा सनो काजीको प्रतिस्पर्धामा उम्मेदवार बनेको हरिकृष्ण सन्नेसीको हत्या हुन्छ । माझी परिवारका युवा पढ्ने रात्री पाठशालामा पनि आक्रमण हुन्छ । सानोकाजीको उद्दण्डता र अत्याचारको सीमा नाँघ्दै जान्छ । माझीहरूले खेती गरिरहेको काभ्रेपाटो काजीले हवेली बनाउन लागेपछि उपन्यासको कथा उत्कर्षतिर लाग्छ । हवेली काण्डमा माझी युवाहरूबाट ठूलो विद्रोह र प्रतिकार हुन्छ । सानोकाजीको बन्दूकबाट देवु पनेरुको हत्या हुन्छ । त्यसपछि केही समयका लागि सानो काजी फरार हुन्छ । उ फरार भएको केही दिनपछि रातमा सोभिते लगायत माझी युवाहरूको पक्राउ हुन्छ । माझी परिवारमा अनिकाल पर्छ । भुमाले बुढाकाजीसंग काभ्रेपाटोको बदलामा मागेको वगरलाई आवादी गर्दा सानो काजी स्वीकार्दैन । लालगेडी अपहरणमा पर्छे । सोभिते जेलबाट छुटेपछि लालगेडीको अपहरण भएको खवरले सोभिते आक्रोसित भै द्वन्द्वले उत्कर्ष रूप लिन्छ ।

‘अविरल बग्दछ इन्द्रावती’ शोषण र वर्ग सङ्घर्षको द्वन्द्वमा सामाजिक न्याय स्थापना र सोभिते–लालगेडीको परिश्रममय पवित्र प्रेमको कथा हो । उपन्यास सामाजिक यथार्थको कथाभूमिमा प्रगतिवादी धार समाउन सफल छ । उपन्यासमा सुनौलीमा जस्तो पलायन छैन, सामाजिक न्याय र मानवता स्थापनाका लागि क्रियाशील छ । पात्रहरूमा आलोचनात्मक चेत, उत्साह र आक्रमण सम्मको सामथ्र्य छ । अविरल बग्ने इन्द्रावतीले समयको प्रवाह र चाहचेतका साथै सामाजिक सद्भावको स्वच्छतालाई मौन आमन्त्रण गरिहेको छ । उपन्यास घटनापरक छ, घटनमा पीडा, सन्त्रास र सङ्घर्ष मिसिएको छ, लालगेडी र सोभितेको सम्बन्धले घटनालाई प्रेमिल पनि बनाएको छ । यसर्थ यस उपन्यासले उपन्यासकारलाई प्रगतिवादको उत्कर्षमा स्थापित गरेको छ । यसले टेलिशृङ्खलामार्फत सबैतिर फैलिने अवसर पनि पाएको छ । साथै खगेन्द्र नेपालीले सुन्ने कथाका रुपमा नौघण्टा लामो सीडी पनि प्रकाशित गरेका छन् । यस उपन्यासको चर्चा विकलको व्यक्तित्व जत्रै विस्तृत पनि छ ।

२०३१ मा सुनौली प्रकाशनपछि निम्नस्तरीय भोगवादी÷यौनवादी आकाङ्क्षालाई मद्दत पुुग्नेगरी साहित्य प्रस्तुत गरेको आरोप कतिपय वामपन्थी चिन्तकहरूबाट विकललाई लागेको थियो । तर अविरल बग्दछ इन्द्रावतीको प्रकाशनपछि विकलले निकै प्रशंसा पाए, पहिचान पनि विस्तार भयो । उनीमाथि लागेको आरोपले पनि क्षतिपूर्ति पायो ।

सागर उर्लन्छ सरगमाथा छुन ः रमेश विकलको तेस्रो उपन्यास ‘सागर उर्लन्छ सरगमाथा छुन’ २०५२ सालमा प्रकाशित सामाजिक–राजनैतिक विषयवस्तु समेटिएको उपन्यास हो । राजनीतिभित्रको शासकीय आयाम र सामाजिक भित्रको सांस्कृतिक आयामका विकृत–विसङ्गत पक्षलाई कलापूर्ण शब्द उपन्यासमा छ । समालोचक कृष्णचन्द्रसिहं प्रधानले भन्नुुभएजस्तै विकलका तीन उपन्यासहरू दशकजतिको अन्तरालमा लेखिएका छन् । सयमको अन्तरालमा आएका परिवर्तन र स्वयम् उपन्यसकारमा आएको परिवर्तनबाट पनि उपन्यास प्रभावित छ । ‘आफू बाँचेको समाज, त्यसका यथार्थता र विदग्धतालाई शब्द दिने कोसिसमा’ उपन्यासकार छन् ।

उपन्यास २०५२ मा प्रकाशित भए पनि विषयवस्तु पञ्चायतकालीन हो । उपन्यासको समय परिवेश नेपाली समाजमा थुप्रै सङ्क्रमण देखिएका छन् । राणा शासन गएपनि पञ्चहरू राणाकालीन सम्भ्रान्त मानसिकतामा छन्, जसले सामाजिक व्यवहार, शासकीय शक्ति सम्बन्ध र राजनीतिलाई प्रभाव पारेको छ । उपन्यासमा हाइनरिख वान गोल्डम्यान, चम्पकशमशेर जङ्गबहादुर राणा, लक्ष्मी शाह, इलेन, रेमण्डशमशेर, कृष्णराजा, चेतना आदि यसका प्रमुख पात्र हुन् । कार्यव्यापारका आधारमा हाइनरिखको वरिपरि कथा घुमेपनि यसको प्रधान विषय भनेको चम्पकशमशेरको अनैतिक र विकृत क्रियाकलाप हो । शक्ति र सान आर्जन गर्नका लागि चम्पकशमशेर जे पनि गर्छ, तस्करी गर्छ, सम्बन्धलाई गलत कार्यका लागि प्रयोग गर्छ, आफ्नी छोरी विदेशी युवकलाई जे गर्न पनि छाडिदिन्छ र विदेशी नागरिकलाई अवैध कामको मोहोरा बनाउँछ । चम्पकशमशेर पात्र नभएर प्रवृत्ति हो, तत्कालीन शासन व्यवस्थाको प्रतिनिधि बिम्बका रुपमा उसलाई लिइएको छ । त्यसैले चम्पकको प्रवृत्तिलाई उपन्यसको विषयबस्तु बनाइए पनि उ एन्टागोनिष्ट हो ।

हाइनरिख नेपाल आउनुको पनि अनौठो कथा छ । ऊ अमेरिकाको होनुुलुलु शहरको पूर्व–पश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थी हो । ऊ अमेरिकामा दोस्रो दर्जाको नागरिक हो, याने कि यहुुदी । लक्ष्मी शाह पनि त्यही चिकित्सा शास्त्र अध्ययन गर्न गएकी छ । विश्वविद्यालयले मनाउने गरेको थ्याङ्कस् गिभिङ् डे मनाउन एक हप्ता हवाइटापु जाँदा दुुईजना खुवै नजिकिन्छन् । लक्ष्मीको प्रेममा परेको हाइनरिख लक्ष्मी नेपाल फर्किसेकपछि पनि भुल्दैन र उसैसँग घरजम गरेर नेपालमै बस्न नेपाल आउँछ । उसले लक्ष्मीलाई भेट्दैन, रेमण्डशमशेरले उसलाई चम्पकशमशेरसँग सम्बन्ध जोडाइ दिन्छ । त्यसपछि हाइनरिखका लागि नहुनुपर्ने कुराहरू हुन पुुग्छन् ।

चम्पककी छोरी इलेनसंग घनिष्टता बढ्छ । इलेन बाह्य सभ्यता, गोरो छाला र अङ्ग्रेजीभाषीलाई मन पराउने, नेपाली संस्कृतिलाई उपेक्षा गर्ने नवयौवना थिई । चम्पकको अवैध व्यापारमा संलग्न हुनुुपर्ने परिस्थिति बन्छ । इलेनमार्फत पञ्चायत व्यवस्था विरोधी कृष्णराजासंग पनि चिनजान हुन्छ । कृष्णराजाको सहयोगमा त्यहाँबाट फुत्केर पहाडी अस्पतालमा काम गर्न थाल्छ । व्यवस्था विरोधीलाई उपचार गरेको आरोपमा आक्रमणमा पर्छ । उपचारका लागि काठमाडौं शिक्षण अस्पतालमा ल्याइन्छ, जहाँ उसले प्रेम गरेकी लक्ष्मी शाह पनि कार्यरत छ । लक्ष्मीले चिनेर पनि उसलाई वेवास्ता गर्छे, यसले हाइनरिखको मनमा ठूलो चोट पर्छ । चेतनाको मानवीय व्यवहारले हाइनरिखको जीवनले सहारा पाउछ, दुखेको मनमा केही मलम पुुग्छ । यसरी चम्पक शमशमेरको गलत धन्दा, इलेनको विकृत यौन एषणा र हाइनरिखको हण्डरले उपन्यास गतिशील हुन्छ ।

उपन्यासले नेपाली समाजमा विकसित हुँदै गएको उपभोक्तावाद, सम्भ्रान्त सौन्दर्य र पारिवारिक विकृति, अभिजात्य वर्गको सामाजिक व्यवहार, अनैतिक यौन क्रियाकलाप, सांस्कृतिक ¥हासोन्मुखता, निरङ्कुश शासकीय व्यवस्थाको यथार्थ चित्र उतारेको छ । उपन्यासका अधिकांश पात्रहरू सम्बन्धलाई स्वार्थमा उपयोग गर्न उद्यत छन्, चम्पकशमशेर त्यसको शीर्षरूप हो । कृष्णचन्द्रसिंह प्रधान र नेत्र एटमले भन्नुुभए जस्तै उपन्यासले सास्ंकृतिक दिवालियापनको चरम रूपलाई प्रस्तुत गरेको छ । लक्ष्मी शाह नेपाली संस्कृति र मौलिकताप्रति उपेक्षा भाव राख्छे, रेमण्डशमशेर आफू रुलिङ् क्लासको सदस्य भएको घमण्ड अङ्ग्रेजीमा बर्बराउछ, गोरा युवकसँग मित्रता गाँस्न नेपाली अभिजात्य वर्गका तरुणी छोरी–बुहारीहरू आकाङ्क्षा राख्ने बताउँछ । चम्पकशमशेर आफ्नी छोरीको यौवनलाई उपयोग गरेर फाइदा लिन चाहन्छ, ऊ छोरीको विषयमा भन्छ ‘इलेन, यो नाँउ यसकी मुवाँले राखेकी । नाउँ पनि सार्थकै छ, छैन ? एक पल्ट त जस्तै मै हुँ भन्ने ब्रह्मचारीको छातीमा पनि आगो सल्काइदिन सक्छे यसले । रूपमा मात्र होइन, म्यानर, अङ्ग्रेजी म्यानर पनि सबै जान्दछे ।

आखिर लिङ्कन स्कुलबाट यसले जुुनियर क्याम्ब्रिज गरेकी पो त । कहिलेकाही लाग्छ त मलाई कस्तो लाग्छ भने यो छोरी अरू कसैलाई नदिऊँ, कसैलाई नदिई आफै हाः हाः हाः’ जस्ता शब्दहरू राणा सम्भ्रान्त समाजमा पचेका रहेछन् र यसले नेपाली संस्कार र मर्यादालाई चिथोर्दै लगेको रहेछ । चम्पक, रेमण्ड, इलेन, लक्ष्मीजस्ताको व्यवहारले समाजलाई कृत्रिमता, आडम्बर र ढोंगीतिर धकेलिरहेको छ । पश्चिमा शिक्षाको काँचो ज्ञान÷अपूर्ण ज्ञानले पनि समाजलाई सांस्कृतिक रूपमा गिजोल्दै छ । यही सांस्कृतिक कृत्रिमताले राजकीय शासन व्यवस्थालाई पनि अधिनायकवादी बनाएर राज्य र जनताको नाता टुटाएको छ । कृष्णराजाले भनेजस्तै समाजमा दुुईवर्गीय जीवन दर्शन विकास भएको छ, एउटा विलासी, भ्रष्ट, स्वार्थीहरूको वर्ग र अर्को अपहेलित, दलित र सबै कुरा खोसिएका जनताको जीवन दर्शन । पञ्चहरूको भ्रष्ट राजनीतिक दर्शन राणाकालीन जहाँनिया शासन सम्भ्रान्तताको अवशेष थियो, जसमा पश्चिमी संस्कृतिको प्रवेशले सामाजिक रूपमै विकृत बनेको थियो । उपन्यासकारले राजनैतिक–सामाजिक अवस्थाको स्खलित अवस्थालाई चित्रण गरी सामाजिक–सांस्कृतिक शुद्धीकरण र राजनैतिक लोकतान्त्रीकरणको सन्देश दिएर प्रगतिशीलताको अर्को दृष्टान्त प्रस्तुत गरेका छन् ।

सुनौली बिग्रदै गरेको शहरी युवासंस्कृति र यौन विकृतिको चित्रण थियो, अविरल बग्दछ इन्द्रावती सामाजिक शोषणको शब्द थियो भने सागर उर्लन्छ सगरमाथा छुन सामाजिक, सांस्कृतिक र शासकीय विकृतिको समष्टिगत चित्रण हो । यस अर्थमा उपन्यासकार सामाजिक कलाकारितामार्फत प्रगतिशीलताको सन्देश दिन्छन्, यो नै विकलको औपन्यासिक प्रवृत्ति हो ।

बाल उपन्यास विक्रम र नौलो ग्रहको संक्षिप्त विश्लेषण
नेपाली साहित्यमा लेखएिको पहिलो बाल (किशोर) उपन्यास विक्रम र नौलो ग्रह विज्ञानकथा हो । यो कल्पनालाई आधारभूमि बनाएर लेखिएको यस उपन्यासले व्यक्तित्व र वृत्ति निर्माणका सुरुचरणतिरका किशोर किशोरीलाई ज्ञानको भोक जगाउने अभीष्ट राखेको छ । विकल भन्छन् ‘यो प्रामाणिक विज्ञान कथा होइन, यो त एउटा पूर्ण काल्पनिक कथा हो । त्यसैले यसमा कति असङ्गत र अविश्वसनीय कुराहरू पनि हुनसक्छन्’ (रमेश विकल, विकम र नौलो ग्रह, मेरो आफ्नो कुरा) ।

कथा अनुसार काठमार्डौ उपत्यकाको उत्तरतिर एउटा रमणीय गाउँ (सायद गोकर्णेश्वर, आरुवारी) छ । गाउँमा प्रशस्त खेतीवारी भएको परिवारमा तीन भाइ छोरा थिए, त्यसमध्ये विक्रम माहिलो । दाजुुभाइ भन्दा उसको स्वभाव भिन्न थियो, उनीहरू बुुबाको खेतीपातीलाई सघाउँथे, विक्रम काम नगरी नबसे पनि दाजुुभाइ जसरी खेतीपातीमा जाँदैनथ्यो । फुर्सदको समयमा पनि खुला ठाउँमा, खुला आकाशमुनि बस्ने, खोला किनार जाने, आकाशका जूनतारा हेर्ने गथ्र्यो ।

एकदिन अनेक कुराहरू मनमा खेलाएर जूनलाई हेरिरहेको विक्रमको आँखा लागेछन्, भनौं तन्द्र्रा परेछ । त्यो तन्द्रामा उसले एउटा अजीवको मानिस जूनको किरणसाथ आएको देख्यो । मानिस वृद्ध थियो तर तेजिलो । उसका अनुहारमा धाँजा परेका थिए, कपाल–दा¥ही सेताम्मे थिए, दूधको फिँजजस्तो कपडा थियो । केहीवेरमै जूनको किरणसँगै त्यो वृद्ध विक्रम भएको ठाउमा आयो र भन्यो ‘म तिमीलाई तर्साउन आएको होइन, मद्दत पो गर्न आएको ।’ विक्रमले सोध्यो तपाईको मुलुक कुन हो ? वृद्धले भन्यो–उः हेर त्यही हो मेरो देश । त्यो हिउजस्तो सेतो, आइसक्रिमजस्तो ठण्डा त्यही मेरो देश हो । तिमी सँधै त्यो देशमा जाने कल्पना गथ्यौं, तर त्यहाँ तिमीभन्दा अगिबाटै अरू मानिस पुगिसके …तर त्यो ठूलो अन्तरिक्षमा अरू लाखौं त्यस्ता देश छन् । तिमी तीमध्ये कुनै एउटा देशमा जानसक्छौ ।

उसले फेरि भन्यो –म चन्द्रमाको मानिस हुुँ । म तिमीलाई चन्द्रमामा होइन, मङ्गलमा पठाउँछु । त्यहाँ हावापानी पनि अनुकूल, पृथ्वीकाभन्दा बेग्लै मानिस छन् । त्यहाँ पनि पृथ्वीको मानिसको रोग सरेकोले त्यहाँका मानिसहरू पनि बेइमान भएका छन् । असल शासक (गणदेव) लाई हटाएर दुर्जनहरूले राज गरिरहेका छन् । त्यहाँ गएर अहिले शासन गरिरहेका दुुष्ट दल र दुुष्ट शासकलाई हटाएर असल शासन प्रणाली स्थापनाका लागि तिमीले सहयोग गर्न सक्छौ लगायतको कुराहरू भनेर आफूले विक्रमलाई मद्दत गर्ने बताउँदै वृद्ध अलप भयो ।

तन्द्राबाट बिउँझिएपछि विक्रमको मनमा धेरै कौतुहल जन्मियो । सपनाको अर्को पृथ्वीमा जाने बाहेक उससँग अरू कल्पना रहेन । सपनामा देखेका कुराहरू, यन्त्रहरू, वृद्धले बताएका कुराहरू नक्सामा उतार्न खोज्यो । खासै सफलता मिलेन । भोलिपल्ट आफ्नो समस्या सोचेर खोला किनारमा रहेको अवस्थामा उसको साथी विवेक आयो । विक्रमले आफूले वताएको कुरा सिल्लड नसम्झन र गिल्ला नगर्न अनुरोध गरेर सबै कुरा बतायो । कोसिस गरेर वृद्धले भनेजस्तै यन्त्र बनाउन सकिन्छ । विक्रमले जहाजको नक्सा झण्डै बनाइसकेको पनि बतायो । मायालाई पनि सबै कुरा बतायो । विक्रमका कुरा नपत्याए पनि मायाले पनि साथ दिने भै । विक्रम, विवेक र मायाको टोली बन्यो ।

यो कुरा विक्रमले केही समयसम्म आमालाई पनि बताएको थिएन । देवीको वनमा विना डर यान बनाउने क्रममा लगेपछि विक्रमका बाबुआमा ज्यादै डराए, गाउँलेहरूले हावा खुस्केको भने । बाबुले उसलाई घरको माथिल्लो तलामा थुनेर राखे । ऊ खाना पनि कम खाने, नसुत्ने गर्न थाल्यो । ऊ निकै जिद्दीवाला थियो । आमा बुुबा मङ्गल देवता हो, ठाउँ होइन भनेर सम्झाउथे । उता विवेक र माया विक्रमको हाल देखेर चिन्तित थिए । विक्रमकी दिदी रेखामार्फत चिठी दिएर कुनै रात झ्यालबाट डोरीको सहाराले विक्रमलाई भगाउन माया र विवेक सफल भए । विक्रम देवीको वनको ओढारमा गयो ।

सारा ठाउँ खोजेपछि विक्रम बसेको स्थान पत्ता लगाई उसको बाबु, हेडमास्टर सबैले सम्झाए तर विक्रम जिद्दीमा अडिग थियो । पूर्णिमा दिन आयो, विक्रम, विवेक र माया उत्साहित भए । चन्द्रमाबाट आएको बुुढाले भने झै सबै समान जुटाएर यान तयार भयो । माया पनि जान तयार भई तर विवेकले उसलाई धेरै सम्झाएर पृथ्वीमै रहेर परिआउने काम गर्ने जिम्मा दिए, विक्रम र विवेक वोकेको जहाज मनको वेगले अन्तरिक्षमा उड्न थाल्यो ।

अविरल मिहेनत र दृढ सङ्कल्पले पृथ्वीका दुुई साहसी केटा अज्ञान ग्रहमा पुुगे । त्यहाँको नौलोपनबाट उनीहरू अचम्मित थिए । जहाजमा कसैले क्षति पुु¥याउला भन्ने चिन्ता थियो । जहाज लुकाउने जोहो गर्दै थिए, त्यहाँ दुुईवटा डरलाग्दा प्राणी आइपुुगे । केही डराए पनि तर कसैको कुुभलो नगर्ने सोचका साथ आएकाले केही नहुनेमा विक्रम आशावादी थियो । तर मङ्गललोकमा अनेक कठिनाइ भोग्नु प¥यो । एक्कासी एउटा अट्टाहास आयो ‘लैजाऊ, यी धर्तीका कीरालाई यन्त्रकोठामा लगेर जाकिदेऊ’ । हेर्दै जाउँ के हुँदो रहेछ, मारी त नहाल्लान नि भनी आत्मविश्वास र सन्देहसाथ दिन विताउन थाले ।

त्यस लोकमा पनि बोगुम्बा र निलुम्बाको राजनैतिक प्रतिस्पर्धा रहेछ । जनताका प्रिय शासक निलुम्बा निरङ्कुश बोगुम्बाले अवैध सत्ताकब्जा गरेपछि ज्यान जोगाउन अर्कै टापुुमा बसेका रहेछन् । त्यो लोक विज्ञान प्रविधिले सञ्जालित रहेछ । सबै कामहरू रोबोटले गर्दा रहेछन् । बोगुम्बा पनि यन्त्र (मानव) कै सहयोगमा शासन कब्जा गर्न सफल रहेछ । निलुुम्बा उसको यन्त्र नियन्त्रणभन्दा बाहिर रहेछ । एक प्रकारले विज्ञान बस्ती र यन्त्र संस्कृतिको धरोहरमा पुुगेको पृथ्वीभन्दा कता हो कता विकसित मुलुक । नर्सजस्ती देखिने केटी लूनाले विक्रम र विवेकलाई आफ्ना बुुबाका तर्फबाट बोगुम्बाका विरुद्ध प्रयोग गर्न खोजेकी रहिछ । यसवेल विक्रम चन्दमाका मानिससँग भएको सपनाको भेट सम्झन्छ । उसले त त्यो वृद्धलाई लूनाको बुुबा भन्ने सम्झेको थियो तर ठूलोबुुबा पो रहेछ, जो त्यहाँ बस्न नसकी चन्द्रलोक पुुगेर बसेको रहेछ । लूनाले विक्रम विवेकलाई निलुम्बासँग भेटाएपछि उसले भनेको थियो–दाजुुले मलाई तिमीहरू यहाँ आएर मेरो मद्दत गर्नेछौ भन्ने कुरा पहिले नै सङ्केत दिएका थिए । सायद दाजुुभाइ मङ्गललोक–चन्द्रलोक यन्त्रकै सहारामा सम्पर्कमा थिए ।

निलुम्बाले धर्तीका दुुई कीरालाई बोगुम्बाका विरुद्ध उपयोग गर्ने रणनीति बनायो । ‘बोेगुम्बा अत्याचार धेरै बढिसक्यो । त्यसलाई खत्तम पारेर मेरा प्यारा जनतालाई मुक्त पार्नुपर्छ’ । निलुम्वा दुुई केटाहरूलाई भन्छ‘यहाँको जीवन यान्त्रिक छ । हामी हरेक कुरा यन्त्रबाट गर्छौ । यहाँका कामदार मानिस यन्त्रका पुुतली छन् । हुन त उनीहरूमध्ये केहीमा बुद्धि र विवेक पनि घुुसाउन हामी सफल भएका छौँ, तर धेरैमा यो कुरा छैन । उनीहरू इसारामा मात्र चल्छन्–यन्त्रको इसारामा’ । त्यहाँ विशाल विज्ञानशाला पनि छ ।

बोगुम्बासँग प्रविधि युद्ध गर्न जान पहिला विक्रम र विवेकलाई केही उपचार गरिन्छ । सायद उसबाट आउने सबै विकिरणहरू प्रतिरोधी अपरेसन । ‘अब तिमीहरू मेरो साथमा बोगुम्बाको शहरमा जानेछौ र उसको विज्ञानको जाल काटेर त्यहाँका जनतालाई मुक्त गर्नेछौ’ । विक्रम र विवेक बोगुम्बाका शहरमा विशेष यन्त्रबाट गए, निलुम्बा रणनीतिक हिसाले छुट्टै यन्त्रबाट गए । बोगुम्बा विक्रम र विवेकलाई भन्छ ‘विग्रही केटाले बोगुम्बाको शक्तिलाई चिनेको छैन’ । तर बोगुम्बाको सबै यान्त्रिक शक्ति निस्क्रिय बनाइसकिएको थियो । बोगुम्बाको मञ्चमा निलुम्बाको जयजयकार भयो र सँधैका लागि निरङ्कुश अत्याचारी शक्ति निशस्त्र भइसकेको थियो । निलुम्बाले भन्यो–‘तेरो विनाशको सम्पूर्ण शक्तिलाई पृथ्वीबाट आएको एउटा सानो केटाले बेकम्मा तुल्याइदिएको छ । तेरा रोबोट निर्जीव छन्, तँ एउटा हाडमासुुको मामुली जीवन भैसकको छस् ।’

निलुम्बाले मैत्री भाषण गरी विशिष्ट उपहार सहित विदा दिएपछि विक्रम र विवेक आफ्नो कार्यसम्पन्न भएकोमा खुसी हुँदै पृथ्वी फर्के । भनौं चन्द्रलोकबाट आएको वृद्धले भनेको काम उनीहरूले फत्ते गरेका थिए । लूनाले भावविभोर भएर सलाईको बट्टाजस्तो प्रविधि यन्त्र दिएर भनी ‘तिमीहरूलाई मसँंग भेट्न मन लागे यही यन्त्रद्वारा भेट्न सक्र्छौ’ । यतिबेला लूनाको अपूर्व सुन्दरता र साहसबाट विक्रमको मनमा मेट्न नसकिने प्रभाव परिसकेो थियो ।

सपनामा चन्द्रलोकबाट आएको वृद्धले विक्रमलाई आएर दिएको ज्ञान र प्रविधिले जगाएको भोकको तृप्ति भएपनि विक्रम अझै अघाएको छैन । पृथ्वी फर्केर अरू खोज र अनुसन्धानको यात्रालाई कथाले बाँकी राखेको छ ।

नेपाली बालसाहित्यमा नीति शिक्षा र मनोरञ्जन दिने थुप्रै कृति भएपनि अभाव रहँदै आएको विज्ञान कथाको सुरुवात यस कृतिले गरेको छ । पृथ्वीमात्र होइन, आकाशगङ्गामा अरू कैयन पृथ्वी छन्, त्यहा मानिसभन्दा विकसित समाज हुनसक्छ, अर्को ग्रह र पृथ्वीबीच असल सम्बन्ध विकास गर्नुपर्छ भन्ने सन्देश बालबालिकालाई दिएको छ । प्रत्येक आविष्कारका पछि ज्ञानको भोक र कौतुहल हुन्छ, निरन्तरको प्रयाससहितको सङ्कल्पले सबै कुरा सम्भव गराउँछ भन्ने शिक्षा पनि विक्रम र नौलो ग्रहले दिएको छ ।

उपन्यासले केही कुरा भनेन । जस्तो कि विक्रम र विवेकको मङ्गललोक यात्रामा पृथ्वीमा रहेर सहयोग गर्ने मायाको भूमिका उल्लेख गरेन, माया नभएको भए विक्रम आफ्नै घरभित्रको कैदी हुने थियो । पृथ्वीमा आएपछि उनीहरूलाई गरिएने स्वागत र उनीहरूप्रतिको प्रतिक्रिया पनि देखाएन । जे होस् यस बालउपन्यासले बालसाहित्यमा नयाँ धारा दिएको छ । बालबालिकालाई अन्धविश्वासबाट मुक्ति दिने, चेतना र विचार दिने, मनोरञ्जनसाथ ज्ञान दिने नयाँ धाराको सुरुरुवात गरेका छन् । ज्ञानमूलक बालसाहित्यलाई विज्ञानमूलक बालसाहित्यसम्म विस्तार गरेका छन् । तर दुखको कुरा उनीपछिका बालसाहित्य सर्जकले यसलाई अझ विस्तृत र समृद्ध बनाइसकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }