बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु


  • माउन्टेन खबर
  • आइतवार, पुस ८, २०८०
  • 241
    SHARES

काठमाडौं । वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको छ। अस्पतालले गत सोमबार एक बिरामीको क्यान्सरको घाउ सेकेर (रेडिएसन दिएर) सेवा प्रारम्भ गरिएको हो।

 

क्यान्सरका बिरामीको उपचारका लागि विश्वमै उपयोगी मानिएको टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो।

अस्पतालले भारतबाट आएका अनुभवी प्रविधिज्ञ टोलीको समन्वयमा सेवा सुरु गरेको हो। टोमोथेरापी सेवाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी भएको न्याम्सका उपकुलपति प्राध्यापक डा भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार मेसिन जडान लगायका प्राविधिक काम सकिएपछि मेसिन सञ्चालनमा ल्याइएको हो। ‘क्यान्सर बिरामीका लागि अत्याधुनिक उपचार सेवा प्रदान गर्न यो उपकरण ल्याइएको हो,’ ‘अब क्यान्सरका बिरामीले सहज रुपमा सेवा पाउने छन्। गरीब बिरामीले यो सेवा नि:शुल्क पाउने छन् यहाँले भन्नुभयो।

क्यान्सर रोग विशेषज्ञहरुका अनुसार टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रिआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।

करिव ६ वर्षको पर्खाइपछि क्यान्सर उपचारका लागि उपयोगी टोमोथेरापी मेसिन मेसिन वीर अस्पताल आइपुगेको हो।

२०७३ जेष्ठ ३१ गते टेन्डरको लागि सुचना निस्किएर खरिद प्रक्रिया शुरु भएको टोमोथेरापी मेशिन प्रावधिक कारणले सप्लायर्सले दोस्रो पटक ल्याइपुर्याएका थिए।

त्यसअघि टोमोथेरापी मेसिन भने २०७५ असारमै नेपाल ल्याइसकेको थियो तर मेशिन राख्ने बंकर तयार नहुँदा मेशिन जडान गर्न नसकी केही पार्ट बिग्रिएपछि सप्लायर्सले पुनः नयाँ मेशिन ल्याएका हुन्।

के हो टोमोथेरापी ?

टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापी भन्दा अत्याधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण (रेडिएसन)का माध्यमबाट त्रिआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसैअनुरुप रेडिएसन सुनिश्चित गर्छ।

टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने  वीर अस्पतालका मेडिकल फिजिसिस्ट डा कंञ्चन अधिकारीले जानकारी दिनु भयो।.  डा  अधिकारीका अनुसार सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौँडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्।

टोमोथेरापीमा ३६० डिग्रीबाट बिरामीको शरीरमा जहाँसुकै पनि सहज उपचार गर्न सकिन्छ। डा कंञ्चन अधिकारीका अनुसार टोमोले हजारौं स-साना रेडिएसन प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडिएसन दिएर उपचार गर्न सम्भव बनाउँछ।

वीर अस्पताल जस्तो बिरामीको चाप हुने र गरीब बिरामी आउने ठाउँमा यो उपकरण रहँदा दिनमा ६० भन्दा बढीले निकै कम मूल्यमा सेवा पाउने उहाँले बताउनु भयो। को भनाइ छ।

सबै खालका क्यान्सरको विशिष्ट उपचार प्रविधि टोमोथेरापीबाट रेडिएसन अंकोलोजिस्टहरूले धेरै प्रकारका क्यान्सर (सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्म)को सहज र सफल उपचार गर्न सक्छन्।

टोमोथेरापी निम्न क्यान्सरमा प्रयोग गर्न सकिन्छ:

–    मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर,

–    टाउको, घाँटी र मुखको क्यान्सर,

–    ब्रेस्ट क्यान्सर (दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत),

–    फोक्सोको क्यान्सर,

–    छालामा हुने क्यान्सरहरू,

–    प्रोस्टेट क्यान्सर (सुरु अवस्थादेखि पूर्ण विकसित अवस्थासम्म),

–    भोजन नली र पाचन प्रणालीका क्यान्सर,

–    सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर,

–    कोलोन, पेट, रेक्टल र एनल क्यान्सर,

–    कलेजो र फियो क्यान्सर,

–    शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर,

–    प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिया)।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)