बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुखमा टेप लगाएर निषेधित क्षेत्र तोड्न गएका गोविन्द केसी प्रहरी नियन्त्रणमा


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २४, २०८०
  • 218
    SHARES

काठमाडौं । मुखमा टेप लगाएर निषेधित क्षेत्र तोड्न गएका डा. गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोज्दा केसीलाई नियन्त्रणमा लिइएको प्रहीले जनाएकाे छ ।

मुखमा टेप लगाएर उनी निषेधित क्षेत्र प्रवेश गर्न खोजेका थिए ।

केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

यस्तै नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने अधिकार सुनिश्च्ति गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति सर्वोच्च अदालतबाट रोकिएकाले तत्काल अदालतले वाटो खोली नियुक्ति अघि बढाउनुपर्ने उनको माग छ ।

त्यसैगरी यसअघि भएका सम्झौताहरु कार्यान्वयनमा सरकारको ध्यान नगएको गुनासो पनि केसीले गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)