बिहिबार, बैशाख २०, २०८१

पूर्वी चितवनमा ‘नवौं खिचरा महोत्सव’ सुरु,मन्त्री लामाबाट उद्घाटन


  • माउन्टेन खबर
  • आइतवार, पुस २९, २०८०
  • 68
    SHARES

चितवन- पूर्वी चितवनमा थारु समुदायको कला, संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । स्थानिय थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर खैरहनी नगरपालिका–५ गौचरनमा सुरु महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गर्नुभएको थियो ।

आदिवासी धर्ती पुत्र समेत भनिने सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ को रुपमा मनाउने चलन रहेको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरीएको महोत्सवमा एक सय ५० कक्ष छन् ।

थारु समुदायको हस्तकलाका सामग्री ढकिया, कटिया, धौरी, लोप हुन लागेका सामग्री कोलु (तेल पेल्ने) ढेकी (धान कुट्ने), काठका गाडा, तुहारी (चामल राख्ने भाँडा), पटही(धान राख्ने भाँडा) तथा परम्परागत गहना, खाना, वेशभूषा, भाषा, साहित्य तथा परिकारहरू
थारू समुदायको कला, संस्कृतिसगैँ महोत्सव स्थलमा घुँगी र प्वाकाको प्रतिमा त्यहाँ पुग्ने दर्शकका लागि महोत्सवको आर्कषण रहेको छ ।

महोत्सवमा घुँगी, घओगा, काकारा (गँगटा), सितुवा, चिचर, प्वाका, नग्गर रोटी, लोकल माछा, हाँसको मासुसहितका थारू सामुदायले खाने परिकारहरुको स्वाद लिन पाईन्छ । यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् ।

महोत्सवमा हरेक दिन थारु समुदायको मौलिक परम्परागत प्रचलित ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी, झर्रा, डफु नाँच जस्ता साँस्कृतिक नृत्यहरुमा रम्न पाईन्छ ।

चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पूर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताउनुभयो ।

महोत्सवमा थारु संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु रहेको मुल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिनुभयो । महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }