मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जबसम्म नागरिकको जीवनस्तर उकासिँदैन तबसम्म देश समृद्ध भएको मानिँदैन :सासंद आचार्य


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १, २०८१
  • 33
    SHARES

रसुवा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं रसुवाबाट प्रतिनिधिसभा सदस्य ईन्जिनियर मोहन आचार्यले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्ष २०८१ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सासंद आचार्यले नयाँ वर्षमा नयाँ जोस, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल गर्नुभएको छ ।

“जबसम्म मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर उकासिँदैन तबसम्म देश समृद्ध भएको मानिँदैन,” सासंद आचार्यले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, “व्यक्तिगत सुख, समृद्धि र रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू प्रवासी जीवन रोज्न बाध्य बनिरहेको विद्यमान अवस्थामा राजनीतिक नेतृत्वले जनतालाई केन्द्र बनाएर नीति र योजना बनाउन जरुरी छ । सासंद आचार्यले सन्देशमा उल्लेख गर्नुभएको छ।

“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो, हामी पारस्परिक एकता, सहिष्णुता र मेलमिलापमा विश्वास गर्दछौ उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }