काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।
सोमबार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे।
उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको पनि बताएका छन्। कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ।
