आइतवार, बैशाख २३, २०८१

निर्णय (लघुकथा )


  • गाेपीराम भण्डारी 'बटुवा'
  • बिहिबार, माघ १८, २०८०
  • 257
    SHARES

निर्णय 

राष्ट्रिय विभूतिका सालिक नजिकै सहिद स्मारक थियोे । सालिकमा अवस्थित विभूतिहरु र स्मारकमा नाम उल्लेखित तर त्यहाँ बस्न नमानेका सहिदहरू स्मारिकाकाे पछाडिको चाैरमा जम्मा भएका थिए । झुण्ड झुण्डमा जम्माभएका सहिदहरूले छलफल गरिरहेका थिए । बुज्रुक सहिदले सहिदसबैका बिषय समेटेर प्रस्ताब तयार पारे ।प्रस्तावहरु यस प्रकारका थिए।

मानिसले गरेका घाेषणालाई पुनरावलोकन गरी स्वर्गलाेककाे थिति अनुसार गर्ने । राष्ट्र र समाजकाे निम्ति लडाइ लडदा प्राणाेत्सर्ग गर्ने र विविध कारणले प्राणाेत्सर्ग गरेका सबैलाई एउटै पल्लामा राख्ने मान्छेकाे निर्णय बदर गर्ने । सम्पूर्ण सहिदहरूलाई सहिद बनाउने र सहिद बन्न बाध्य पार्ने दुबै मिलेर भिराइएकाे पुष्पहार र कथित सम्मानकाे बहिष्कार गर्ने । धर्तीलाेककाे जस्तो बेथिति र संस्कारहिनता स्वर्गलाेकमा प्रबेष गर्न नदिने । मानिसका बनावटी सबैखाले कार्यक्रम तिरस्कार गर्ने ।

प्रस्तावमा उल्लेखित विषयमाथि विचार बिमर्स गरी कार्यान्वयन गर्ने निर्णयहरू यसरी सुनाइयाे । सबै खाले मृतकलाई कर्म र निर्वाह गरेकाेे धर्म अनुसार पद, हैसियत र जिम्मेवारी प्रदान गर्ने । पूर्वजन्ममा जन्मभूमि र जनताकाे निम्ति सङ्घर्ष गरी प्राण उत्सर्गितलाई मात्र सहिदकाे दर्जा दिने । सहिदहरूकाे बेग्लै स्थान ताेक्ने । मान्छेले बनाएकाे दिवस र विवसता बहिस्कार गर्ने । विभूति सम्मिलित सम्मेलनले पारित गरेका सम्पूर्ण निर्णय अटल रहनेछन् ।

निर्णयहरू सुनाउँदा सुनाउँदै सम्मेलनस्थल नजिकै मान्छेद्वारा निर्मित स्मारकमा राष्ट्रिय गीत बज्याे । सबै सहिदहरू जुरूक्क उठे र छातीमा हात राखे । मान्छेले स्मारकमा पुष्य गुच्छा र हार चढाए । सहिदहरूले त्यसकाे उपहास गरे । मान्छेले सहिदको सम्झनामा र सहिदले मान्छेका कर्मकाे सम्झनामा एकैपटक एक मिनेट माैन धारण गरे । सहिदले मान्छेलाई देखे तर मान्छेले सहिदलाई देखेनन् । सहिदहरू स्वर्गतिर लागे । मान्छेले फेरि अर्काे सहिद दिवसको लागि नयाँ सहिदकाे नाम खाेज्न थाले !!!

-गाेपीराम भण्डारी ‘बटुवा’

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }