मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

११ औं राट्रपति रनिङशिल्डको उपाधि कालिका गाउँपालिकालाई

खेलकुदले बालबालिकाहरुको शाररिक एवं मानसिक विकासमा योगदान गर्छ: सांसद आचार्य


  • माउन्टेन खबर
  • सोमवार, माघ २२, २०८०
  • 131
    SHARES

रसुवा।  उत्तरगया गाउँपालिकाको बोगटीटारमा सञ्चालित ११ औं राट्रपति रनिङशिल्डको उपाधि कालिका गाउँपालिका टिमले हात पारेको छ । कालिकाले २२ स्वणर्, ७ रजत र २ कास्य पदक गरी ३१ पदक सहित उपाधि जितेको हो ।

जिल्ला खेलकुद विकास समिति तथा उत्तरगया गाउँपालिकाद्धारा आयोजित जिल्ला स्तरिय ११ औं राट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्तरगया गाउँपालिका टिमले ५ स्वणर् १२ रजत, ९ कास्य सहित दोस्रो भएको छ ।

गोसाइकुण्डले ४ स्वणर् ८ रजत ८ कास्य पदक जितेको छ ।

त्यसैगरी नौकुण्डले ४ स्वणर्, ७ रजत , कास्य १० पदक जितेको छ भने आमाछोदिङमो टिमले १ स्वणर्, १ रजत र ५ कास्य पदक हात पारेको छ । माघ २० देखि २२ गतेसम्म सञ्चालित खेलहरूमा ५ वटै पालिकाबाट बिभिन्न खेलमा भाग लिएका थिए ।

तेक्वाण्दो तर्फ उत्तरगयाकी रस्विना थापामगर र कालिकाका समीर तामाङ उत्कृष्ट भए । महिला भलिवलतर्फ कालिकाकी शिला स्याङवा र पुरुष भलिवलतर्फ नौकुण्डका बिक्रम तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

एथ्लेटिक्स पुरुष तर्फ कालिकाकै महेन्द्र परियार र महिला एथ्लेटिक्समा मनिसा तामाङ उत्कृष्ट भए ।

कालिकाबाट सुजिता मोक्तान उदयिमान खेलाडी घोषित भइन् ।

विजयी खेलाडीहरुलाई रसुवाबाट प्रतिनिधिसभा सदस्य सांसद ईन्जिनियर मोहन आचार्यले पुरस्कार वितरण गर्नु भयो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथी संघीय सांसद  आचार्यले स्वास्थ रहन खेलले महत्वपूर्ण भूमिक निर्वाह गर्ने बताउनु भयो  । खेलकुदले बालबालिकाहरुको शाररिक एवं मानसिक विकासमा योगदान गर्ने उहाँले बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }