आइतवार, बैशाख २३, २०८१

अनेसास हिरो -२०२४ को घोषणा


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १८, २०८०
  • 455
    SHARES

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उदेश्य बमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो- २०२४ अर्पण गरिने भएको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो । अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन , अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी, कृति प्रकाशन, प्रेरणा र संयोजनकारी भूमिका निर्वाह गरेका भट्टका आमा र माटो, केही फूलका थुंगाहरू, आकाश पारिबाट लगायतका कविता कृति प्रकाशित छन् । अनेसास न्यूह्यामसायरका संस्थापक महासचिव भट्ट हाल अनेसास पुरस्कार समिति सदस्य र च्याप्टरको प्रधान सम्पादक रहेका छन् ।

बिसं २०१९ मा गोरखाका जन्मिएका भट्ट लामो समयदेखि अमेरिकाको न्यूह्यामसायरमा बसोवास गर्दै आएका छन् ।

सो सम्मान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही मार्च ०८-१०, २०२४ मा पोर्चुगलमा हुने आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा समर्पण गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }