आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनीमा तीन सय भन्दा बढी विज्ञकाे सम्मेलन हुने


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १९, २०८०
  • 59
    SHARES

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्व शान्तिभूमि लुम्बिनीलाई संसारभर परिचित गराउन ९ जना नोबल पुरस्कार विजेता सहित ३ सयभन्दा धेरै विज्ञ सम्मिलित विशेष सम्मेलन गर्न लागिएको बताउनुभएको छ।

‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिड्र्स चौथो शिखर सम्मेलन’ले लुम्बिनीको विकास र बुद्धभूमिबारे थप प्रचारप्रसार हुने बताउनुभयो।

लुम्विनी प्रदेश सरकारको आयोजनामा फागुन २८ र २९ गते बुद्धभूमिमा लुम्बिनीमा हुने सम्मेलनबारे जानकारी दिन आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसारमा ठूलो टेवा पुर्‍याउने बताउनुभएको हो ।

सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने निश्चित भइसकेको छ । सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहित ३ सयभन्दा धेरै सहभागी हुने छन् ।

नोबेल पुरस्कार विजेताहरूलाई पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वगद्धारी र बर्दिया राष्ट्रिय निकुञ्जसमेत लैजाने तयारी छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने पनि मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो । १० वटा कार्यपत्र समेत प्रस्तुत हुने सम्मेलन मायादेवी मन्दिर परिसरबाट घोषणापत्र जारी गर्दै सकिने छ ।

सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धनको वातावरण बनाउने विश्वास मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }