आइतवार, बैशाख २३, २०८१

नइका ‘सिक्का र टिकट’ लोकार्पण


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २०, २०८०
  • 71
    SHARES

काठमाडौं । नइ प्रकाशनले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको लोकार्पण गरेको छ ।

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरे ।

नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा सिक्का टकमरी भएको यो पहिलो अवसरका रुपमा रहेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताए ।

नेपाली वाङ्मयप्रेमीको विशिष्ट संस्थाको रुपमा रहेको नइ प्रकाशन विसं २०५२ मा स्थापना भएको हो । स्थापनाकालदेखि संस्थाले परम्परागत सांस्कृतिक मूल्य, मान्यता र धारणालाई शिरोपर गर्दै नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायतका अन्य विविध क्षेत्रमा प्रकाशन तथा प्रतिभालाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }