सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बबिनाको संगीतमा  बैकुण्ठले गाए जय जय शम्भु (भिडियो सहित)


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २५, २०८०
  • 352
    SHARES

काठमाडौं :  महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखी मूख्य रुपमा मनाइदै आइएको छ । बिशेष गरी महाशिवरात्रीलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस दिन शिवपूजा, आराधना गनर्,े उपवास बस्ने, जलधारा दिने र रात्रीमा दियो बाली धुनि तापी जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ति छ ।
आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मुत्र्तीका एक मुर्ते भएका कहिले व्रम्हा, विष्णु, महेश्वर भैरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाटीमा राखी निलकण्ठ भैरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रीका दिन गाईको दूधको जलधारा दिनाले, पुजाआजा गर्नाले, उपबास बस्नाले, उस लोकमा सुख शान्ति पाई परलोकमा कैलाशपद मिल्ने हुनाले अन्य दिन भन्दा महाशिवरात्री विशेष मानिन्छ ।

शिबरात्रीमा वालिएको धुनी तापेमा कुनै रोग लाग्दैन, धुनीको बिभुति लगाएर हिडेमा कुनै किसिमको भय हुँदैन, धुनीको बिभुति घरमा लगी राखेमा कुनै बिघ्नबाधा आई पर्दैन, कुनै किसिमका भूतप्रेत पिचास आदि को भय हुँदैन । महाशिबरात्रीका दिन शिव आरती तापेमा आ“खा तेजिलो हुनुका साथै अनुहारमा कान्ति आउ“छ भन्ने विश्वास गरिन्छ । यदि शिवभक्त भै सांसारिक लोभ मोह त्यागेर सदा प्रभुको भक्तिमा चित्त लगाउन सके मोक्ष गति प्राप्त भै जन्मन मर्न नपर्ने गरी सिधै कैलाश पद मिल्छ । त्यस कारण यसै दिन देखि शिव बस्त्र, माला धारण गरी, भस्म लेपन गरेर सन्यासी बन्नेहरु पनि धेरै हुन्छन् ।

पशुपतिनाथ भन्दा पशुका पनि पति भन्ने गरिन्छ । यो सारा पृथ्वी चराचर जगतका भोक्ता, हर्ताकर्ता उनै परमेश्वर हुनुहुन्छ । पृथ्वीका सम्पूर्ण प्राणीका मालिक एक रुपले तीन रुप भैरहने श्रृष्टिकर्ता, लालन पालनकर्ता, संभारकर्ता आफै हुनुभएका प्रभु कहिले पशु मृर्ग बनी वन बिहार गर्ने, कहिले राजहंस पंछी बनी जलकिडा गर्ने, कहिले किरा“त बनि हिड्न,े उनै प्रभुको शिवलिङ्ग (हालको पशुपतिनाथ मन्दिरमा अवस्थित) मन्दिर स्थानमा गौमाताले आफनो दूधले जलधारा दिदै गर्दा भेटिएको हुनाले पशुपतिनाथ शिवलिङ्ग महत्वपूर्ण मानिन्छ ।

नेपाली हिन्दुहरुका आरध्यदेव भगवान श्री पशुपतिनाथ भएकोले पनि पशुपतिको बिशेष महत्व देखिन्छ । पशुपतिनाथको पूजा आरधानाले र प्रहर पूजा, जलधारा दिनाले कुनै भक्तको भलो मात्रै नभै जगतकै भलो हुने, देशको रक्षा हुने हुनाले पशुपतिमा शिवरात्रीमा विशेष रुपले पूजाआजा गरी दर्शन गर्ने, गाईको दूध चढाउने, भेटी फूलपत्र नैबेद्य चढाउने, आरती गर्ने गरिन्छ । विशेष गरी शिवजीलाई बेलपत्र मन पर्ने हुनाले शिवरात्री लगायत अन्य शिवपूजामा यो मन्त्र उच्चारण गरी (त्रिगुणम त्रिगुण आकाराम, बेल्प पत्र शिबा अर्पणम्) बिल्प पत्र भेट्नो अलीकति काटी तीन पत्र एक साथ भएको एउटै पत्र घोप्टो पारी चढाइन्छ ।

देवादिदेव भगवान महादेवका यिनै महत्व सहितको अत्यन्त श्रवणीय भजनमा आफ्नो मधुर संगीत दिएकी छिन्  बबिना भट्टराईले भने स्वर दिएका छन् बैकुण्ठ प्रधानले, उक्त भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको विशेष अवसरमा वीणा भक्ति आध्यात्मिक युट्व च्यानल मार्फत सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको ।  म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् । महाशिवरात्रीको सन्दर्भ विशेषमा आएको शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको गायक बैकुण्ड प्रधानले बताएका छन् ।

भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्राईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्राईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।
जय जय शम्भु हेर्नुहोस् !

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)