बिहिबार, बैशाख २०, २०८१

पर्यटनमा महिला सहभागिताले आत्मनिर्भरता बढ्दो

व्यवसायीले कामदार र कामदारले काम नपाउने विरोधाभाष भने कायमै


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २६, २०८०
  • 58
    SHARES

 

काठमाडौं । पर्यटन क्षेत्रमा महिलाको सहभागिता बृद्धि हँदा उनिहरुमा आत्मनिर्भरता समेत बढ्दै गईरहेको सरोकारवालाहरुले बताएका छन् । यद्यपी पर्यटन क्षेत्रमा महिलाहरुलाई टिकाईराख्न भने समस्या देखिएको उनीहरुको तर्क छ । ११४ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा काठमाण्डौमा आयोजना गरिएको “पर्यटनमा महिला सहभागिताः अवस्था, चुनौती र सम्भावना” विषयमा परामर्श कार्यशालामा बोल्दै सम्बन्धित संघ संस्थाहरूका अधिकारीहरूले यस्तो धारणा व्यक्त गरेका हुन ।

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहलगानीमा सञ्चालित परियोजना जिविकोपार्जन पुन्रुत्थानका लागि दीगो पर्यटन परियोजना ९एसटीएलआरपी०ले नारी दिवसको अवसरमा कार्यशाला आयोजना गरेको थियो ।

पर्यटन बोर्डमा आयोजित समुह छलफल ९प्यानल डिस्कर्सन० मा सहभागीले यो क्षेत्रमा महिला सहभागिता बढेको, सहभागीता बृद्धि हुँदा आयआर्जनमा पहुँच पुगेको र आत्मनिर्भर बन्दै भएको बताए । यद्यपी निरन्तरताको कमीले पेशा छाड्नेहरु पनि बढ्दै गइरहको जानकारी दिए । यता कार्यक्रममा सहभागीहरुले भने आफुहरुले पर्यटनका विभिन्न विषयमा तालिम लिएरपनि काम नपाएको गुनासो गरे । उनीहरुले तालीम लिएर काम गर्ने इच्छा भएपनि अवसर नपाएको बताउँदै तालीमपछि रोजगारीमा जोड्न सहयोग गर्नु पर्ने धारणा राखे । कार्यशालामा व्यवसायीले कामदार नपाउने र कामदारले काम नपाउने अवस्था पर्यटन क्षेत्रमा पनि रहेको उनीहरुले उल्लेख गरे ।

सो अवसरमा हस्पिटालिटी, एयरलाइन्स ,ट्रेकिङ, माउन्टेनियरिङ, रिभर गाइड लगायतका क्षेत्रमा महिलाको सहभागिता बढ्दै गईरहको र नेपालको समग्र पर्यटन क्षेत्रमा करिब २० प्रतिशत महिलाको सहभागिता पर्यटनमा रहेको सो अवसरमा जानकारी दिइयो ।

छलफल कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, नेपाली माटोकी अध्यक्ष देविका बुढाथोकी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा)का सचिव युविका राजभण्डारी, ट्रेकिङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई र हिमाल आरोही कल्पना महर्जनले पर्यटन क्षेत्रमा महिलाको सहभागिता र चुनौती र अवसरमा बारेमा क्षेत्रगत धारणा राख्नु भएको थियो ।

पर्यटनका विभिन्न क्षेत्रका महिलाहरूको उपस्थिति रहेको उक्त कार्यशालामा (एसटीएलआरपीका) जिवीकोपार्जनविज्ञ धर्म दवाडीले परियोजनाले कोभिडपछि हालसम्म पर्यटन क्षेत्रमा गरेका कामहरूका बारेमा जानकारी दिँदै परियोजनाले सहरसँगै विभिन्न ग्रामीण वस्तीका महिलाहरूलाई पर्यटन क्षेत्रमा ल्याउन विभिन्न तालिम सञ्चालन गरेको बताउनु भयो । यस अवधिमा विभिन्न जिल्लाका नौ हजार सात जनाले तालिम लिएको र तालिम लिनेहरूमा करिब दुई हजार पाँच सय जना महिलाहरू रहको उहाँले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्ड र युएनडिपीले पर्यटन क्षेत्रको पुनरूत्थानका लागि यो परियोजना शुरु गरेको थियो । परियोजनाले महिलाहरुरकै लागि सिन्धुपाल्चोकको भोटेकोशी र त्रिशुली नदीमा ¥याफटिङ गाइड, ट्रेकिङ गाइड,पर्यटक बस चालक तथा सहचालकहरुका लागिहरुका तालिम तथा लौङ्गिक तथा अल्पसंख्यक समुदायका लागि पनि ट्रेकिङ गाइड तालिम दिएको थियो । यस्तै परियोजनाले देशका विभिन्न पालिकाहरुसंग मिलेर पर्यटन पूर्वाधार निर्माण तथा अन्य क्षमता अभिवृद्धिका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }