शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मिस वर्ल्डको फाइनल आज मुम्बईमा हुँदै


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २६, २०८०
  • 58
    SHARES

एजेन्सी । भारतले २७ वर्षपछि मिस वर्ल्ड आयोजना गर्दैछ । मिस वर्ल्ड २०२३ को फाइनल आज साँझ मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुँदैछ । जसमा फेमिना मिस इन्डिया–२०२२ की विजेता सिनी शेट्टीले भारतको प्रतिनिधित्व गर्नेछिन् ।

मिस वर्ल्ड संसारको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो । तर, यो बेलाबेलामा विवादमा पर्ने गर्दछ । सन् १९९६ मा भारतको बेंगलुरुमा आयोजना गर्दा कर्नाटकभर आन्दोलन सुरु भयो । त्यही क्रममा सन् १९७० मा बेलायतमा भएको एक कार्यक्रममा ६० जना महिलाले हलमा सडेको पीठोको गोला हानेका थिए ।

दोस्रो विश्वयुद्धको केही वर्षपछि बेलायती सरकारले ‘फेस्टिभल अफ ब्रिटेन’ कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रमको आयोजनाको जिम्मेवारी लण्डन कम्पनी मक्का लिमिटेडको थियो । यस कम्पनीका प्रचार निर्देशक, एरिक मोर्ली, अधिकतम भीड जम्मा गर्न चाहन्थे । यसका लागि उनले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरे ।

अमेरिकन पब्लिक ब्रोडकास्टिङ सर्भिसका अनुसार सन् १९५१ मा पहिलो पटक मिस वर्ल्ड प्रतियोगिता आयोजना गरिएको थियो । यो प्रतियोगिता बेलायतले आयोजना गरेको थियो । एरिक मोर्ली यस प्रतियोगितामा सहभागी मोडलहरूको ड्रेस कोड बिकिनी होस् भन्ने चाहन्थे । आयरल्याण्ड र स्पेनले ड्रेस कोड बिकिनी भएमा कार्यक्रममा भाग नलिने धम्की दिए । यसपछि वान पिस बाथिङ सूट लगाउने निर्णय गरियो ।

१९५१ मा, मानिसहरूको ठूलो भीड यो कार्यक्रम हेर्न जम्मा भयो । त्यसपछि हरेक वर्ष यो कार्यक्रम गर्ने निर्णय भयो । टिभीको सुरुवातपछि यो कार्यक्रमको लोकप्रियता झनै बढ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }