आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउनुपर्छः ड्यारेल वेड


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १०, २०८०
  • 33
    SHARES

काठमाडौं । विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

 

तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा रहनुभएका उहाँले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउनपर्ने आवश्यकता रहेको बताउनुभएको । उहाँले नेपालले धेरै पर्यटक भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौंमा विश्वव्यापी पर्यटनका साथै नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा समृद्धिका बारेमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले कति जना पर्यटक आए भन्दा पनि कस्ता पर्यटक आए भन्नेकुराले पर्यटन क्षेत्रमा बढी प्रभाव पार्ने बताउनु भयो । नेपालले पर्यटकको संख्यामा भन्दापनि गुणस्तरीय पर्यटक ल्याउन बढी जोड दिए पर्यटन क्षेत्रको विकास हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिजना पर्यटक आए भन्दा पनि कस्ता पर्यटक आए भन्ने कुराले पर्यटन क्षेत्रमा बढी प्रभाव पार्छ, इन्ट्रपेड शुरु भएदेखि नै हामीले नेपालमा पर्यटक पठाइरहेका छौं । मेरो विचारमा नेपालले पर्यटकको संख्यामा भन्दापनि गुणस्तरीय पर्यटक ल्याउन बढि जोड दिए समग्र पर्यटन क्षेत्रको विकास हुन्छ ।’

 

कार्यत्रममा वेडले इन्ट्रपेड स्थापना नेपालकै कारण सम्भव भएको पनि स्मरण गर्नुभयो । अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको इन्ट्रपेडले विश्वका १५० देशमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै आएको छ । नेपाल लगायत २८ वटा मुलुकमा इन्टरपेडले कार्यालय स्थापना गरेर भ्रमण गराउँदै आएको छ । इन्टरपेड विश्वको सबैभन्दा धेरै पर्यटकलाई भ्रमण गराउने ट्राभल एजेन्सीमध्ये एक हो । २०२३ मा इन्ट्रपेडले २ लाख ५० हजार पर्यटकलाई विभिन्न देशको भ्रमण गराएको थियो । जसमध्ये ४ हजार पर्यटक नेपाल आएका थिए । इन्ट्रपेडले २०२४ मा ५ हजार पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }