बिहिबार, बैशाख २०, २०८१

इन्डियन प्रिमियर लिग :लखनउले पञ्जाबलाई २१ रनले हरायो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १८, २०८०
  • 42
    SHARES

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा लखनउ सुपर जायन्ट्स (एलएसजी)ले पहिलो जित हासिल गरेको छ । टोलीले चालू सिजनको ११ औं खेलमा पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको हो ।

यो जितसँगै लखनउ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने शिखर धवनको कप्तानीमा रहेको पञ्जाब छैटौं स्थानमा पुगेको छ ।

लखनउको अटल बिहारी वाजपेयी रंगशालामा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनाएको थियो । जवाफमा पञ्जाबको टोलीले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो ।

२१ वर्षीय फास्ट बलर मयंक यादवले डेब्यु खेलमा ३ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

टस जितेर ब्याटिङ रोजेको लखनउको सुरुवात खास रहेन र टोलीले ३५ रनको स्कोरमा केएल राहुलको विकेट गुमाएको थियो । टोलीबाट पचासको साझेदारी एउटा पनि भएन, तर पनि सानो साझेदारीको आधारमा टोलीले १९९ रन बनाएको थियो । सबैभन्दा ठूलो साझेदारी ४७ रनको थियो, जुन डि कक र पूरनबीचको थियो ।

कप्तान शिखर धवन र जोनी बेयरस्टोले पञ्जाबलाई बलियो सुरुवात गराए । दुवैले ७० बलमा १०१ रन जोडे । तर बीचमा टोलीले लगातार विकेट गुमाउँदै गयो। अन्तमा शशांक सिंह र लियाम लिभिङ्स्टनले छैटौं विकेटका लागि ३७ रनको अविजित साझेदारी गरे, तर त्यतिन्जेल ढिला भइसकेको थियो ।

आजको खेलः गुजरात टाइटन्स भर्सेस सनराइजर्स हैदराबाद – दिउँसो ३ः४५ बजे
दिल्ली क्यापिटल्स भर्सेस चेन्नई सुपर किंग्स – बेलुका ७ः४५ बजे

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }