बिहिबार, बैशाख २०, २०८१

वसन्त ऋतुमा हिमाल आरोहणका लागि ११४ जनाले लिए अनुमति


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १९, २०८०
  • 46
    SHARES

काठमाडौं ।  वसन्त ऋतुमा हिमाल आरोहणका लागि ११४ जनाले हिमाल आरोहणको अनुमति पाएका छन् ।  पर्यटन विभागको तथ्यांक अनुसार विभिन्न ७ हिमाल आरोहणका लागि पर्यटकहरुले अनुमति लिएका हुन् ।

अनुमति लिएकामध्ये ८२ जना पुरुष र ३२ जना महिला रहेका छन् । उनीहरूको १३ वटा समूह रहेको छ । जारी अनुमतिबाट ८ करोड ३९ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

हिमाल आरोहणको अनुमति पाउनमध्ये सबैभन्दा धेरै सगरमाथामा लागि रहेका छन् । यस हिमालमा आरोहण गर्न ४१ जना महिला र ११ जना पुरुषगरि ५२ जनाले अनुमति पाएका हुन् । जसबाट ५ लाख ७२ हजार रोयल्टी प्राप्त भएको छ ।

त्यस्तै, दोस्रो स्थानमा अन्नपूर्ण हिमाल रहेको छ । यस हिमालका लागि दुई समूहका २४ जनाले आरोहण अनुमति पाएका छन् ।

अमादब्लम हिमालमा ३ समूहका २३ जनाले अनुमति पाएका छन् भने हिमलुङ हिमालमा ५ जनाले आरोहण अनुमति पाएका छन् । पुथा हिउँचुलीका लागि सात, हिउँचुली पाँच, काङ्ग्री शार दुई र जुगल हिमालका लागि एकले आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }