बिहिबार, बैशाख २०, २०८१

युएसएआईडी र नेपाल पर्यटन बोर्डद्वारा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको शुभारम्भ


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १९, २०८०
  • 41
    SHARES

काठमाडौँ : युएसएआईडी र नेपाल पर्यटन बोर्डको सहकार्यमा र स्टेलर नामक यात्राबाट प्रेरित कथ्य साझा गर्ने प्रसिद्ध विश्वव्यापी मञ्चसँगको साझेदारीमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको आज शुभारम्भ भएको छ ।

यस अभियानले नेपालको समृद्ध इतिहास, सांस्कृतिक विविधता र प्रचुर मात्रामा पर्यटनका अवसरहरूलाई विश्वव्यापी दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।  सन् २०२३ को अभियानले १ करोड ६३ लाखभन्दा बढी यात्रुसम्म पुगी १ करोड ५८ लाख अमेरिकी डलर बराबरको मिडिया मूल्य आर्जन गरेको थियो । उक्त सफलताका जगमा यस वर्षको अभियानले थप कार्य गर्नेछ ।

अभियानको दोस्रो चरण, अर्थात् सन् २०२४ को अभियानमा स्टेलरका अन्तर्राष्ट्रिय डिजिटल सामग्री सर्जकहरू सहभागी हुनेछन् । उनीहरूले काठमाडौँ, पोखरा, बर्दिया र इलामजस्ता मुख्य गन्तव्यमा घुम्ने क्रममा मनमोहक भिडियो र फोटोहरूमार्फत नेपालको सौन्दर्यलाई कैद गर्नेछन् । दुई करोडभन्दा बढी दर्शकसम्म पुग्ने अपेक्षा गरिएको यस अभियानको उद्देश्य पर्यटक आगमनलाई प्रोत्साहित गर्नु र नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थान दिनु रहेको छ ।

 

शुभारम्भ कार्यक्रममा बोल्दै अमेरिकी राजदूत डिन थम्पसनले नेपालको विविध भू-बनोट, समृद्ध जैविक विविधता र जीवन्त संस्कृतिका कारण उच्चस्तरीय पर्यटकीय गन्तव्यका रूपमा यस मुलुकको अथाह सम्भावना रहेको कुरामाथि जोड दिनुभयो । राजदूत थम्पसनले नेपालको पर्यटन क्षेत्रका लागि युएसएआईडीको अटुट सहयोग रहेको उल्लेख गर्दै समावेशी, दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन पर्यटनको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

 

यसै सिलसिलामा नेपाल पर्यटन बोर्डका का.मु. प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापाले सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएको र नेपालले पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । वर्षभरि नेपालको पर्यटन प्रवर्द्धन गर्दै र नेपाललाई विश्वयात्रीको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्दै यो अभियान वृद्धितर्फको यस यात्राको दिगोपनलाई कायम राख्न तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड, युएसएआईडी र स्टेलरबिचको साझेदारीले नेपालको गतिशील पर्यटन उद्योगको विकासलाई उत्प्रेरित गर्न र मुलुकको पर्यटन सेवा तथा पूर्वाधारलाई अझ सुदृढ बनाउन लगानी आकर्षित गर्नका लागि उनीहरूले व्यक्त गरेको साझा प्रतिबद्धतामाथि जोड दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }