बिहिबार, बैशाख २०, २०८१

नयाँ वर्षमा पोखरामा ‘फेवा नववर्ष’ महोत्सव


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १९, २०८०
  • 40
    SHARES

कास्की । नयाँ वर्षका अवसरमा ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित पोखराको फेवाताल किनारमा फेवा नव वर्ष महोत्सवको १९ औँ संस्करण हुने भएको छ ।

होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि हल्लनचोकसम्मको तीन किमी सडक क्षेत्रमा महोत्सव हुने आयोजक होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नव वर्ष महोत्सवलाई भव्य बनाउने तयारी भइरहेको छ । महोत्सवको प्रमुख उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्नु हो । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा राखिने अध्यक्ष सुवेदीको भनाइ छ ।

“नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई निरन्तरता दिइएको हो”, अध्यक्ष सुवेदीले भन्नुभयो, “पर्यटनको राजधानी घोषणापछि पहिलोपटक पोखरामा हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्नेछौँ ।”

महोत्सव आन्तरिक र बाह्य गरी तीन लाख पर्यटकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ । महोत्सव तयारीका लागि विभिन्न २१ वटा समिति र क्षेत्रीय संयोजक गठन गरिएको छ । सो अवसरमा होटल सङ्घ पोखरा मातहतका होटलहरुले प्रकाशित गरेको दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने निर्वतमान अध्यक्ष विकल तुलाचनले बताउनुभयोे ।

महोत्सवका आकर्षणहरुमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।

कोभिड–१९ पछि पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेका होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ । नव वर्ष महोत्सवको प्रचार छिमेकी मुलुक भारतसहित अन्तर्राष्ट्रियस्तरमा गरिएकाले पर्यटक आगमन वृद्धि हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले उल्लेख गर्नुभयो ।

होटल सङ्घ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ । कोरोनाका कारण दुई वर्ष सञ्चालन रोकिएको थियो । पर्यटन बोर्ड पोखराका निमित्त प्रमुख नवीन पोखरेलले महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनको साथै आर्थिक उन्नयनमा योगदान पुगेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }