मङ्लबार, बैशाख २५, २०८१

अन्तर्राष्ट्रिय साँस्कृतिक चलचित्र महोत्सव सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २०, २०८०
  • 35
    SHARES

काठमाडौँ — पाँचौ अन्तराष्ट्रिय साँस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । लघु फिल्मतर्फ भने रंगकर्मी मोहन अभिलाषीद्वारा निर्देशित ‘घुर्रा’ले अवार्ड जित्यो ।

 

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’बाटै अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । त्यस्तै अभिनेतातर्फ ‘महापुरुष’बाट हरिवंश आचार्यले अवार्ड उचाले । यही फिल्मबाट निर्देशनमा प्रदीप भट्टराई उत्कृष्ट निर्देशक घोषित बने । त्यस्तै, ‘छक्का पञ्जा ४’बाट दीपक राज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले जुरी मेन्सन पाइन् ।

राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक फिल्ममा ‘थिम’, वातावरणीयमा ‘दिअर ईज नो टुमारो’, डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला फिल्म ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल फिल्ममा ‘ईअर्ली होम’ले अवार्ड पायो । त्यस्तै स्पेसल जुरी मेन्सनतर्फ ‘जर्ना’ र ‘युवराज’ले अवार्ड उचाल्यो । लघु फिल्मतर्फ ‘साउण्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए ।

महोत्सवमा विभिन्न विधाका राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मलाई अवार्ड वितरण गरिएको थियो । अन्तर्राष्ट्रियतर्फ भारतको ‘मुझे स्कुल नही जाना’ र लघुतर्फ बेलायतको ‘नो फ्रिडम नो आर्ट’ले अवार्ड पायो । बंगलादेशको प्रसुन रहमानले चलचित्र ‘डियर सत्यजित’बाट उत्कृष्ट निर्देशक अवार्ड पाए । महिला फिल्मतर्फ पाकिस्तानको ‘ईन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बाल चलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय फिल्ममा साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, मानव अधिकार फिल्ममा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माइल्स गन’ले अवार्ड प्राप्त गर्‍यो ।

अभिनेत्री आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, निर्देशक मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान राष्ट्रियत फिल्मतर्फको निर्णायक थिए । त्यस्तै, अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर थिए । यो महोत्सवको निर्देशक हुन् सन्तोष सुवेदी ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }