बिहिबार, बैशाख २०, २०८१

ताइवानमा शक्तिशाली भूकम्प


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 36
    SHARES

एजेन्सी ।  ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले स्थानीयहरूलाई सुरक्षित स्थानमा लैजान भनेको छ ।

भूकम्पको केन्द्रविन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरूले बताएका छन् ।

सेप्टेम्बर १९९९ मा, ताइवानमा ७.६ म्याग्निच्युडको भूकम्पले २४ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार भन्दा बढी भवन क्षतिग्रस्त भएका थिए ।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

हुआलियन काउन्टीमा घरहरू ढल्केको प्रारम्भिक विवरण प्राप्त भएको  ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा सेनाले उद्धारकार्य सुरु गरेको छ । भूकम्पको विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }