बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गाजामा राहत पुर्‍याउन तीन मार्ग खोल्न इजरायल तयार


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २३, २०८०
  • 34
    SHARES

इजरायल । युद्धग्रस्त गाजामा राहत सामग्री पुर्‍याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने भएको छ ।

युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोलिने भएको छ । मानवीय सहायता सामग्रीको आपूर्ति सहज बनाउन अस्दोद बन्दरगाह पनि खोलिने छ । यसबाहेक, जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिने इजरायलले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्तापछि मार्ग खोल्ने निर्णय गरेका हुन् ।
हालै गाजामा राहत सामग्री वितरण गर्ने सात जना कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेका थिए । गत सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वल्र्ड सेन्ट्रल किचेनका सात जनाको ज्यान गएपछि संस्थाले राशन वितरणको काम रोकेको थियो ।

आक्रमण हुनुअघि सहायता कार्मचारीहरूले देइर अल–बालाहको एउटा गोदाममा १०० टन सामान उतारेका थिए ।
हमला गोदामबाट साढे दुई किलोमिटर टाढा भएको थियो । द्वन्द्व सुरु भएयता राहत सामग्री वितरणमा खटिएका कम्तीमा १९६ राहतकर्मीको मृत्यु भइसकेको छ ।

गाजामा अक्टोबर ७ मा हमासको आक्रमणपछि ३३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो तथ्यांक हमासले सञ्चालन गरेको गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो ।

इजरायली नाकाबन्दीका कारण गाजा पट्टीमा बसोबास गर्ने करिब २० लाख जनसंख्या भोकमरीको चरम संकटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसंघको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }