शुक्रबार, बैशाख २१, २०८१

उप निर्वाचन: आज उम्मेदवारी दर्ता


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २४, २०८०
  • 30
    SHARES

काठमाडौं । आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

इलामको प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङको प्रदेशसभा १ (क)मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न लागिएको हो ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ क्षेत्र खाली थियो । यहाँ नेकपा एमालेले सुवासका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । यसैगरी नेपाली कांग्रेसका तर्फबाट डम्बर खड्का चुनावी मैदानमा छन् ।

रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीबाट डाकेन्द्रसिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरुले आज मनोनयन दर्ता गर्दै छन् ।  माओबादीले भने एमालेका उम्मेदवार सुहाङलाई सघाउने निर्णय गरिसकेको छ ।

यसैगरी बझाङमा पनि आजै उम्मेदवारी दर्ता गरिँदै छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ । देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको र उपनिर्वाचनअन्तर्गत इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }