मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्यकार सरुभक्तलाई कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार प्रदान


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २७, २०८०
  • 41
    SHARES

कविडाँडा साहित्य समाज, चितवनले बहुआयामिक प्रतिभाका धनि सिर्जनामा प्रयोगशिलताका उपासक साहित्यकार सरुभक्तलाई कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार-२०८० द्वारा सम्मनित गरेको छ |

समाजका उपाध्यक्ष उदय अधिकारीको स्वागत मन्तव्यपछि अध्यक्षद्वारा कवि सरुभक्तको एउटा मुक्तक सुनाएर कार्यक्रमको उद्घाटन गरिएको थियो भने कवि भूपिनले पुरस्कृत कवि सरुभक्तको साहित्यिक योगदानबारे बोल्नु भएको थियो |

कविडाँडा साहित्य समाज, चितवनको पूर्णतया निष्पक्ष भएर नै कवि लेखकलाई पुरस्कृत गर्ने परम्परा छ | यो पुरस्कार साहित्यमा कलम चलाउने विशेषतः काव्य विधामा गरीएको योगदान बापत प्रदान गरिन्छ |

अमेरिकालाई कर्म क्षेत्र बनाएर बस्ने कवि गीतकार सरला श्रेष्ठले आफ्नो माता पिताको नाममा स्थापित गरेको यो पुरस्कारको राशि पचास हजार छ |

पुरस्कारदाताले भन्नु भयो “आमा बुवाको सम्मानमा एउटा साहित्यिक पुरस्कारको सुरुवात गरेर वहाँहरू प्रति कृतज्ञता जनाउनु र वहाँहरूलाई यसरी सम्मान गर्नुलाई हाम्मीले उचित ठान्यौं |” सानै देखी पढ्दै आएको बरिष्ठ कवि तथा आख्यानकार सरुभक्त श्रेष्ठज्यू यस बर्षको कविडॉडा सुवर्ण-तुलसी काव्य सम्मान तथा पुरष्कारबाट सम्मानित तथा पुरष्कृत हुनु भएकोमा आफू ज्यादै खुसी भएको कुरा उल्लेख गर्नु भएको छ ।

photo.jpeg

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }