मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मधेशका मुख्यमन्त्रीले १५ महिनामा चौथो पटक विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ४, २०८१
  • 36
    SHARES

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।

संघीय सत्ता समीकरण परिवर्तन भएपछि मधेश सरकारबाट गत चैत ५ गते नेपाली कांग्रेस बाहिरिएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

सरकारमा सहभागी हुनै दलले विश्वासको मत फिर्ता लिएमा मुख्यमन्त्रीले प्रदेशसभामा ३० दिन पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही अनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस सरकारबाट हटेपछि नेकपा एमाले अहिले मधेस प्रदेशमा सहभागी छ । मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन समस्या छैन । अहिले गठबन्धन दलसँग मधेस प्रदेशमा स्पष्ट बहुमत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }