बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सबल र सक्षम अर्थतन्त्र बनाउन निजी क्षेत्रको आत्मबल बढाउन आवश्यक छः उद्योगमन्त्री भण्डारी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ६, २०८१
  • 27
    SHARES

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सबल र सक्षम अर्थतन्त्र बनाउन उद्योगी व्यवसायीहरुको आत्मवल बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

 

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेण्ड संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको बताउनु भयो । मन्त्री भण्डारीले अर्थतन्त्रका केही सूचकहरु सुधार भइरहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगको विकासका माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न सके मात्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गरी देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने बताउनु भयो । मन्त्री भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएका सिथिलतामा सुधारहरु आउन थालेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘लेखा व्यवसायीहरुको कार्यकुशलता मार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरुको यर्थाथ र उचित विवरणको कारण सुधार हुने र प्रशासकिय सुधारमा दिगो र बलियो हुँदै गएको छ । राज्यका नीति नियम परिपालनको कारण मजबुँत हुँदै गएबाट अर्थतन्त्रमा पारदर्शिता जवाफ देहिता,व्यवस्थापकीय सक्षमता एवम् वित्तीय अनुशासन पालना समेत थप प्रभावकारी हुँदै गएको छ । केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ । अर्थतन्त्रका केही सूचकहरु सुधार रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगधन्दा विकासको माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको छ । सबल र सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मवल बढाउँदै नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न आवश्यक देखिएको छ । यसले अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने देशभित्रै रोजगारीका अवसरहरु सिर्जना हुन्छ ।’

 

उहाँले सरकारले लिएका नीति नियमहरु राज्यका निकाय र निजी क्षेत्रले परिपालना गरेका कारण अर्थतन्त्रमा सुधार हुँदै आएको दाबी गर्नुभयो । उहाँले लेखा व्यवसायीहरुको कार्यकुशलतामार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरु यथार्थ हुँदै प्रशासकीय सुधार गरी दिगो र बलियो हुँदै गएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }