बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्यसमितिको दुईदिने बैठक सुरु 


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ६, २०८१
  • 61
    SHARES
लण्डन । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको विश्व कार्यसमितिको दुई दिने बैठक आज अप्रिल १८ बाट मुख्यालय लण्डन मा शुरु भएको छ ।
बैठकमा आउदो अक्टोबरमा मोरक्कोमा सम्पन्न हुने ४६ औ विश्व सम्मेलन बारे विभिन्न मुद्धा मा छलफल गर्दै सम्मेलनको तयारी तथा अन्य विषयहरुमा बैठकले ठोस निर्णय गर्नेछ ।
बैठकको पहिलो दिनको शुरुमा अन्र्तराष्ट्रिय ट्रेड युनियन आन्दोलनका मुख्य नेता तथा आईटियुसी , ब्रसेल्सका महासचिव लुक ट्रयांगलले प्रजातन्त्र र ट्रेड युनियन अधिकार बारे हाल विश्वव्यापी रुपमा भई रहेको समस्याबारे आफनो प्रस्तुति दिएका थिए ।
सो प्रस्तुति उपर अधिकांश बोर्ड मेम्बरहरुले आआफनो क्षेत्र तथा देशका समस्याहरु बारे धारणा राखेका थिए । बैठकमा नेपाल टे«ेड युनियन कांगे्रसका महासचिव एवम् फेडेरेशनका बोर्ड मेम्बर अजयकुमार राईले नेपालमा संसदमा सांसदहरुले टे«ेड युनियन खारेजीको बहस चलाउन थालेको , नेपालमा  केही राजनैतिक दलका नेताले हाक्काहाक्की टे«ड युनियन खारेज हुनुपर्दछ भन्दै अभियान चलाएको भन्दै लोकतन्त्रमा पनि ट्रेड युनियन अधिकारलाई कुण्ठित गर्न पाईन्छ भन्दै प्रश्न गरेका थिए ।
उनले  नेपालको सरकार पनि श्रमिक मैत्री नभएको बताएका थिए । यस्ता प्रवृत्ति विरुद्ध सबै ट्रेड युनियनहरु एक हुनुको विकल्प नरहेको र त्यसको अगुवाई आई टि यु सीले गर्नुपर्ने राईको भनाई थियो ।
उक्त फेडेरेशनले हवाई , सडक , रेल , बन्दरगाह , पानीजहाज , पर्यटन लगायत क्षेत्रका श्रमिक सम्बद्ध ६७० भन्दा बढी ट्रेड युनियनको अगुवाई गर्दछ भने करिब १५० देशका श्रमिक आवद्ध छन् ।
सन् १८९६ मा स्थापित सो संगठनले विश्व स्तरको यातायात क्षेत्रको टे«ड युनियनले आई एल ओ संग मिलेर यातायात श्रमिकको विश्व स्तरको कानुन हरु समेत बनाउने गर्दछ ।
सन् २०१८ को सिगांपुरमा सम्पन्न ४५ औँ विश्व सम्मेलनबाट नेपाल बाट प्रतिनिधित्व गर्दै प्रथम पटक अजयकुमार राई विश्व कार्यसमिति सदस्य चुनिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }