बिहिबार, बैशाख २७, २०८१

सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरुलाई एमालेको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ९, २०८१
  • 20
    SHARES

 

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेको छ ।

आईतवार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रश्ताव पारित गर्दै सो आग्र्रह गरेको हो । मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समिकरणका सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने प्रश्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का बीचमा नयाँ सत्तासमिकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखि र दिगो बनाउने प्रतिवद्धता पनि व्यक्त गरेको छ । त्यसैगरी ५ दलले जारी गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत आजको मुख्य समस्याहरुलाई समाधान गर्नेगरी तालिकावद्ध रुपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताउनु भयो । विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ । अत्यन्त असहज र प्रतिकुल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पु¥याउन कुशलतापूर्वक अगुवाई गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई बैठकले विशेष धन्यवाद ज्ञापन गरेको उपमहासचिव रिमालले बताउनु भयो ।

उहाँले भन्नुभयो, यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प गर्दछ । अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस विन्दुसम्म ल्याई पु¥याउन कुशलतापूर्वक अगुवाई गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंो नेतृत्व पंक्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ । आगामी दिनमा पार्टीलाई बैचारिक, संगठनात्मक र भावनात्मक रुपमा अझ एकतावद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रि शक्तिको रुपमा सबै कमरेडहरुलाई हार्दिक आह्वान गर्दछ ।

 

सो बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपमा अझ एकतावद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }