विराटनगर । प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्की भने सर्वाेच्च अदालत जाने तयारीमा लाग्नुभएको छ ।
एउटा सरकार हुँदाहुँदै प्रदेशप्रमुखले नयाँ सरकार गठन आह्वान गरेकाले त्यो खारेज गरी आफूलाई नै मुख्यमन्त्री कायम गर्ने मागदाबी सहित केदार कार्की अदालत जान लाग्नुभएको हो ।