शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २२, २०८१
  • 196
    SHARES

जनकपुर — विश्वासको मत लिनुभन्दा एक दिनअघि नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी नेतृत्वको सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री बाहिर रहेकाले उनलाई राजीनामा बुझाउन जनकपुरस्थित सरकारी निवासमा पुगेका नेकपा (एस)का दुईजना मन्त्री कुरेर बसेका छन् । एमाले–माओवादी मधेश सरकारबाट बाहिरिए पनि नेकपा (एस) भने सरकारमै थियो । काठमाडौं पुगेका नेकपा (एस)का दुई मन्त्री गोविन्द न्यौपाने र बेंची लुङेली भने अहिले जनकपुर फर्किएर राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुगेका छन् ।

मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने तयारीमा छन् । तर, नेकपा (एस) पनि उनको साथ छोडेपछि विश्वासको मत पाउने सम्भावना न्यून छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)