शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टार विजयी


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २३, २०८१
  • 89
    SHARES

एजेन्सी । लोकसभा चुनाव २०२४ को ५४२ सीटको नतिजा सार्वजनिक भएको छ । यसपटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जना सेलिब्रेटीले चुनाव जितेका छन् ।

विजेताहरूमा कंगना रनावत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारीजस्ता नामहरू समावेश छन्, जबकि भोजपुरी स्टार पवन सिंह र निरहुआ नराम्ररी हारेका छन् ।

यस चुनावमा सेलिब्रेटीमध्ये सबैभन्दा ठूलो जित २ लाख ९३ हजार ४०७ मतसहित हेमा मालिनी भएकी छन् । उता राज बब्बर र निरहुआ जस्ता कलाकारहरु पराजित भए ।

‘ड्रीम गर्ल’ हेमा मालिनीले उत्तर प्रदेशको मथुरा सिटबाट भाजपाको टिकट पाएकी थिइन् । उनको अगाडि कांग्रेस नेता मुकेश धनगर थिए ।

हिमाचल प्रदेशको मण्डीबाट भाजपाको टिकट पाएकी कंगनाले कांग्रेस नेता विक्रमादित्य सिंहलाई पराजित गरेकी छन् ।

टीएमसीका तर्फबाट शत्रुघ्न सिन्हाले पश्चिम बंगालको आसनसोल सिटबाट भाजपा नेता एसएस अहलुवालियालाई ५९,५६४ मतले पराजित गरे ।

चर्चित टेलिभिजन शो ‘रामायण’मा भगवान श्रीरामको भूमिका खेलेर चर्चित बनेका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भएका छन् । भाजपाको टिकटमा चुनाव लडेका अरुणले सपा नेता सुनिता वर्मालाई १०,५८५ मतले हराए ।

अभिनेता तथा पार्श्व गायक सुरेश गोपी पनि केरलाको त्रिशूर सिटबाट चुनाव जितेका छन् । उनीविरुद्ध कम्युनिस्ट पार्टीका नेता वी.एस. सुनिल कुमार थिए ।

भारतीय जनता पार्टीका तर्फबाट उत्तरपूर्वी दिल्ली सिटमा उम्मेदवार मनोज तिवारीले कांग्रेस नेता कन्हैया कुमारलाई पराजित गरेका छन् । मनोज १३ हजार ७ सय ७८ मतले विजयी भएका छन् ।

उत्तर प्रदेशको गोरखपुर सिटबाट भोजपुरी स्टार रवि किशनले समाजवादी पार्टीकी नेतृ काजल निषादलाई पराजित गर्दै विजयी भएका छन् ।

अभिनेत्री सयोनी घोष पश्चिम बंगालको जादवपुरबाट चुनाव लडेकी थिइन् । उनले भाजपा नेता अनिर्बान गांगुलीलाई २,५८,२०१ मतले पराजित गरिन् ।

बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले भाजपा नेता देवतनु भट्टाचार्यलाई ठूलो अन्तरले पराजित गरेकी छन् । अभिनेत्री तृणमूल कांग्रेसको टिकटमा पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन् ।

बंगाली अभिनेत्री रचना बनर्जी पश्चिम बंगालको हुगली सिटमा विजयी भएकी छन् । उनले तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेकी थिइन् । उनको विपरीत अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जी थिइन् ।

बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बंगालको घाटाल सिट जितेका छन् । तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेका अभिनेताले भाजपा नेता हिरण्मय चट्टोपाध्यायको सामना गरिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }