शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गीतकार बिटु केसीको नयाँ गजल सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २५, २०८१
  • 464
    SHARES

काठमाडौं । चर्चित गायक तथा संगितकार राज सागरको स्वरमा गितकार बिटु केसीको नयाँ गजल हिजो बिहिवार यूटुब मार्फत सार्वजनिक गरिएको छ।

” तिमी छौ त्यसैले यो जीवन खास लाग्छ …..” प्रेमील बोलको सुमधुर गजलको संगित सृजना राज सागरले नै गरेका हुन् ।

गितकार केसीले आफ्नो श्रीमान तारा बरालको जन्म दिनको अवसर पारेर यो गजल सार्वजनिक गरेको जानकारी गराइएको छ । संगितकार राज सागरलाई गजलका शब्दहरुले मन छोएपछि उनले आफ्नै अग्रसरतामा यसमा संगित भरेका थिए ।

डिल्लीबजार स्थित भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको यो गजलको म्युजिक एरेन्जर उदयराज पौडेल हुन् । गजलको मिक्सीङ, मास्टरिङ र रेकर्डिस्ट दिप घटानी हुन् । यस अघि गितकार बिटु केसीका सातवटा गीत र गजलहरु बजारमा आइसकेका छ्न् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)