शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विपद् व्यवस्थापनका लागि पूर्व तयारी अवस्थामा रहन सांसद आचार्यको निर्देशन


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ३१, २०८१
  • 87
    SHARES

रसुवा । प्रतिनिधि सभा सदस्य ई.मोहन आचार्यले जिल्लाको विकास तथा विपद् व्यवस्थापनका लागि रसुवाको कुनै पनि कार्यालयमा राजनीतिक दलको दबाब नरहेकोले इमान्दर भएर काम गर्न सवै कर्मचारीलाई निर्देशन दिनु भयो ।

जिल्लामा हुने विपद् व्यवस्थापनका लागि विपदका घटनाको न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका लागि बुधवार धुञ्चेमा जिल्लाका सवै निकाय विच आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा  सासंद आचार्यले  रसुवामा आगलागी, बढीपहिरो, सडक दुर्घटना र जलविद्युत तथा अन्य विकास निर्माणले ल्याउन सक्ने विपद् जोखिम र न्यूनीकारणका बारेमा तयारी अवस्थामा रहन सबैलाई निर्देशन दिनु भयो।

जिल्ला समन्वय समिति, रसुवाको आयोजनामा जिससको सभा हलमा विपद् व्यवस्थापन अन्तरक्रिया तथा छलफल कार्यक्रममा रसुवा जिल्लामा भएको विपद्का घटना जानकारी, जोखिम र घटनाको न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका लागि योजनाको बारेमा जिल्ला प्रशासन कार्यालय, रसुवा जिल्ला प्रहरी कार्यालय, रसुवा र शसस्त्र प्रहरी बल कार्यालय, रसुवाले आ—आफ्नो विवरण, योजना र जानकारी प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा रसुवाको धेरै स्थान तथा वनजंगलमा आगलागी भए पनि आगलागी पश्चात कुनै निकायले आगलागी बारे गम्भीर नभएको र समस्यको समाधान र कारर्वाहीका लागि ध्यान नदिएको, सडक निर्माण तथा अन्य भौतिक विकास निर्माणका क्रममा रुख काटे पनि अर्को रुख रोप्ने प्रबधन भए पनि अर्को रुख रोप्न र पूणस्थापन गर्न कुनै निकाय गम्भीर नभएको, जलविद्युत निर्माण आयोजनाहरुले सुरुङबाट निस्केको माकिङ खोलामै फ्याकिएको र त्यसबाट हुन सक्ने पछि हुन सकिने जोखिममा ध्यान नदिएको विषयमा छलफल गरिएको थियो ।

त्यस्तै विपद् व्यवस्थापनका लागि विपदका घटनाको न्यूनीकरणमा भइभार च्याट, ग्रुप च्याट जस्ता प्राविधिक सञ्जालहरुको सामुहिक प्रयोग गर्नु पर्ने विषयमा जोड दिएको थिए ।

बुधवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा सांसद ई.मोहन आचार्य, जिसस, रसुवा प्रमुख अशोक घिमिरे, उप प्रमुख विजय लामा, पाचै बटा पालिकाका अध्यक्षहरु, सवै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरकारी निकायका सवै प्रमुखहरुको उपस्थिती थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }