शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यमः सञ्चारमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, असार १७, २०८१
  • 42
    SHARES

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।

आईतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले लचित्र मनेरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम रहेको बताउनु भयो । उहाँले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरु परिणाममा पु¥याउने कुरा चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले सब चलचित्रकर्मीहरुको अभिलेखलाई डकुमेण्टेशन गर्ने कुरा उल्लेखनिय रहेको बताउनु भयो । उहाँले दोलखाको फिल्म सिटी बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भयो । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम चलचित्र हो । चलचित्र मनेरञ्जनको साधन मात्रै होइन । यो सन्देश दिने प्रभावकारी माध्यम हो । पछिल्लो दिनमा आउँदा हामीले जुन ढंगले चलचित्रको विकास गर्ने भन्ने जुन लक्ष्य लिएका छौँ, नीति लिएका छाँै । त्यसलाई कसरी हामी परिणाममा पु¥याउने भन्नेकुरा हाम्रा बीचका चुनौति हुन् । चलचित्र विकास बोर्डका आगामी दिनका कार्यभारहरु हुन् । चलचित्र विकास बोर्डले विगतमा गरेका कामहरु र आगामी दिनका हाम्रा कार्यभारका कुराहरु राख्नुभएको छ । सब चलचित्रकर्मीहरुको अभिलेखलाई डकुमेण्टेशन गर्ने भन्नेकुरा राम्रो छ । अहिले महिलाबाट शुरु गर्नुभएको छ, यो विभेद जस्तो लाग्ला तर सकारात्मक विभेद हो ।’

मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले चलचित्र ऐन छिटो भन्दा छिटो ल्याउने कुरामा सरकार संवेदनशील रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }