शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली चलचित्र घरज्वाईंको प्रिमियर सम्पन्नः ‘मगर समुदाय संस्कृतिमा धनी छ’


  • माउन्टेन खबर
  • बुधबार, असार २७, २०८१
  • 231
    SHARES

काठमाडौं । नेपाली चलचित्र घरज्वाईंको प्रिमियर शो सम्पन्न भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर सम्पन्न भएको हो ।

प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरुसम्मको बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभामुख इन्दिरा रानाले राम्रो चलचित्र भएको बताउनु भयो । उहाँले मगर जातिको कथावस्तुलाई चलचित्रमा देखाइएको बताउनु भयो । पूर्वका मगरहरु छिटो शिक्षित हुँदै गएको देखिने र पश्चिमका मगर समुदायहरु केही ढिलोगरी शिक्षित हुने स्थिति रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै कलाकार कविता आलेले मगर समुदायको व्यक्तिले भोगिरहेको कथालाई चलचित्रमा उतारिएको बताउनु भयो । उहाँले मगर समुदायको संस्कार र संस्कृतिकाबारेमा उल्लेख गरिएको बताउनु भयो । कार्यक्रममा अभिनेत्री मिरुना मगरले मगर समुदाय संस्कृतिमा कति धनी छ भन्नेकुरा चलचित्र खेलिसकेपछि थाहा पाएको बताउनु भयो । उहाँले मगर समुदायको आफूलाई पूर्वको मात्रै जानकारी भएपनि पश्चिमी मगर समुदायको संस्कृति देख्न पाउँदा खुशी लागेको बताउनु भयो । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र साढे ५ वर्षदेखि तयारी रहेको र सोहीअनुसार बनाइएको बताउनु भयो । उहाँले आफूलाई संस्कृतिमाथि धेरै चाहना रहेको र सबैखाले संस्कृतिलाई बुझ्न आफू रुची राख्ने बताउनु भयो ।

मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाईं संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभुति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । जनक घर्ती मगरले निर्माण गरेको चलचित्रामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

  • न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)