आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पासाङल्हामु खण्डमा यातायात अवरुद्ध


  • माउन्टेन खबर
  • बिहिबार, साउन १०, २०८१
  • 109
    SHARES

रसुवा- अबिरल वर्षाका कारण पासाङल्हामु सडक खण्ड अन्तर्गत उत्तरगया गाँउपालिका- ५ बनुवा घुम्तीमा पहिरो गई सडक भाँसिन जाँदा यातायात सञ्चालनमा अवरोध पुगेको छ ।

पहिरोले सडकको आधा भाग पुरै झरेको र तल रहेको बस्तीलाई समेत जोखिम बन्न पुगेपछि माल बहाक सवारी साधन आवतजावतमा रोक लगाईएको रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताउनुभयो ।

साँघुरो बाटो भएकाले एकातर्फी साना सवारी साधन सञ्चालन गरिए पनि ठूला मालबहाक सवारी साधनहरुका लागि भने वैकल्पिक बाटोको पहिचान गरी यात्रा गर्न हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

दुई बर्षअघि सोहि स्थानमा पहिरो जाँदा उत्तरगया गाउँपालिका–५ नौबिसेमा रहेका १७ घर र बनुवा घुम्तीमा रहेका ८ घर परिवामा क्षति पुगेको थियो भने लामो समय सडक अबरुद्घ भएको थियो ।

यसैबीच रसुवागढी नाका हुँदै जलबिद्युत आयोजनाका समाग्रीहरुसँगै अन्य निर्माण समाग्री सडकको क्षमता भन्दा बढी वजनका सामग्री आउन थालेपछि रसुवाको पासाङल्हामु मार्ग भाँसिन थालको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)