मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, साउन २७, २०८१
  • 142
    SHARES

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिनुभएको हो ।

“अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालयलगायत भौतिक संरचना निर्माणमा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग ऊर्बर धर्ती, पानी र हावापानी छ । मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरु छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ । सबै मिलेर नागरिकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।”

उहाँले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थरतरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ राख्न खाना स्वस्थ हुनुपर्ने भन्दै अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ आयातरनिर्यातमा रोक लगाउने व्यवस्था गर्न सरोकार भएकालाई सुझाव दिनुभयो ।

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले मुलुकमा विद्यामान समस्या पहिचान गरी समाधान निकाल्ने योजनासहित काम गरिरहेको बताउनुभयो । उहाँले हाल घाटा बजेटमा सरकार सञ्चालन भइरहेको भन्दै आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउनेगरी काम गर्न सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति, सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)