शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक: मुख्यमन्त्री सिंह


  • माउन्टेन खबर
  • बुधबार, अशोज ३०, २०८१
  • 257
    SHARES

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

६९ औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरै वटा कामको जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेकाले थप व्यावसायिक सङ्गठनका रूपमा स्थापित गर्न कालागि दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले मधेस प्रदेशका विभिन्न प्रहरी इकाईलाई सबल बनाउन भौतिक पूर्वाधार विकास तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर साधन स्रोत सम्पन्न बनाउने प्रयास गर्दै आएको जानकारी समेत दिनुभयो । उहाँले सीमित साधन स्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गर्नुभयो । उहाँले केही दिनअघि देशसँगै मधेस प्रदेशमा समेत आएको बर्खा बाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीले समेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधीकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिनुभयो ।

मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले नेपाल प्रहरीले पुर्‍याएको योगदानबारे चर्चा गर्नुभयो । वि.स. २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवसका रूपमा मनाइन्छ । विसं २०१२ मा नेपाल प्रहरी ऐन आएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि स्थापना दिवस मनाउँदै आएको छ । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)