शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट जन्ती आउने


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २, २०८१
  • 159
    SHARES

जनकपुरधाम – रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ ।

साढे पाँचसय भन्दा बढीको संख्यामा आउने जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको जनाइएको हो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यसै तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको हो । विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताउनु भयो ।  जन्तीमा सन्तमहन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरु सहभागि रहनेछन् ।

मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । अयोध्याबाट आएका जन्तीहरु मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)