मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी पक्राउ


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २५, २०८१
  • 99
    SHARES

काठमाडौँ – प्रहरीले मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीलाई पक्राउ गरेको छ ।

उहाँलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँलाई आजै काठमाडौँ ल्याउने तयारी छ ।

अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । उक्त आरोप लगत्तै उहाँले मन्त्री पदबाट राजीनामा समेत दिइसक्नुभएको छ ।

तत्कालीन मन्त्री अधिकारीको नेतृत्वमा चार जना युवा आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान उड्नु भएको थियो ।

अधिकारीसँग रहेका तीन युवालाई जापानबाट भगाउने गिरोहको योजना रहेको थियो । तर टोकियोको विमानस्थलस्थित अध्यागमनले प्रवेश नदिएपछि चारै जना अध्यागमनबाटै फिर्ता भएका थिए ।

उनीहरूमध्ये तीन जनालाई मात्र विमानस्थल अध्यागमनले अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

जापानबाट फिर्ता गरिएका युवाले प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन् । उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

अधिकारीलाई शनिवार बसेको एमालेको कोसी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको सङ्गठित सदस्यबाट निलम्बन गरेको थियो ।

शनिवारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)