शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामाचकेवा पर्वले आदर्श समाज निर्माण गर्नेछः मुख्यमन्त्री सिंह


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २५, २०८१
  • 119
    SHARES

 जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाचकेवा पर्वले आदर्श समाज निर्माण गर्ने बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आईतवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री सिंहले मधेसका पर्वतिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूहवद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको बताउनु भयो । उहाँले सामाचकेवा पर्वले भाइबहिनीबीचको स्नेहलाई प्रकट मात्र गर्ने नभएर टोलछिमेकसँगको कसिलो र सार्थक सम्बन्ध र त्यसबाट सकारात्मक परिणाम खोज्ने रीति रहेको भन्दै पर्वका क्रममा उधिन्ने विषयवस्तु, परिवेश र पात्रहरूले आदर्श समाज निर्माणको परिकल्पना गरेको स्पष्ट पार्नुभयो । सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्य,मान्यता रहेको प्रस्ट पार्दै सांस्कृतिक तथा परम्परागत पर्वतिहारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले सामाचकेवाका पात्रहरूको परिचय र महत्वसहितको आधिकारिक विवरण समेटिएको श्रव्यदृश्य निर्माण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्ने उद्देश्यले सामाचकेवासम्बन्धी कार्यशाला आयोजना गरिएको भन्दै मूर्तिकलामा निपूणताबाट जीविकोपार्जनको अवसर जुर्नसक्ने बताउनु भयो । उहाँले कार्यविधिबाट नभएर ऐनबाटै मधेसमा प्रज्ञा प्रतिष्ठान गठन गर्न सुझाएव दिनुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)