शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विवाहपञ्चमीको आमन्त्रण पत्रसहित मधेसका मुख्यमन्त्री सिंह अयोध्या जाने


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ३०, २०८१
  • 116
    SHARES

जनकपुरधाम – विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन् ।

भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याकालागि जान लागेको विश्व हिन्दु परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिश सिंहले विदाई गर्नुहुनेछ । मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको उहाँले बताउनु भयो । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तांतरण गरिने बताइएको छ ।

विश्व हिन्दु परिषद् को सक्रियतामा विगतका वर्ष झैँ यस वर्ष पनि सामुहिक विवाहको कार्यक्रम समेत राखिएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)