शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विवाहपञ्चमीको निम्तो दिन गएकाहरुलाई भारतीय सीमामा भव्य स्वागत


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २, २०८१
  • 151
    SHARES

काठमाडौँ – विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट  तिलक र आमन्त्रण पत्रसहित अयोध्या जान लागेका विश्व हिन्दु परिषद्का सदस्यहरुलाई भारतीय सीमानामा भव्य स्वागत गरिएको छ ।

भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि प्रस्थान गरेका उनीहरुलाई भारतमा भव्य स्वागत गरिएको हो । तिलक लिएर जाने टोलीमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत हुनुहुन्छ । तिलक लिएर जाने समूह आज नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)