मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका एमाले सांसद चौधरी पार्टी सदस्यबाट निलम्बित


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १२, २०८१
  • 102
    SHARES

काठमाडौँ- नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष निरक गुरुङ्गले संसद चौधरीलाई एक पत्र पठाउँदै पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्‍नेलगायत गतिविधि गरेको भन्दै निलम्वन गरिएको जानाकारी दिनु भएको हो ।

”नेकपा (एमाले) बांकेले २०६१ कार्तिक ५ गतेका दिन पार्टीलाई हानी नोकसानी पुर्याउने मनसायका साथ पार्टीका केन्द्रिय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मुल्य, मान्यता विपरित सार्वजनिकरुपमा गाली गलौज गर्ने, सामाजिक संजालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो । स्पष्टीकरणको जबाफ दिने सन्दर्भमा आफ्‌ना कमी कम्जोरी प्रति महशुशीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कार्वाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउंदछ” पत्रमा भनिएको छ ।

सांसलद चौधरीलाई   निलम्बन गरिएको पत्रको बोधार्थ एमाले प्रदेश कमिटी लुम्विनी प्रदेशका अतिरिक्त केन्द्रीय कमिटीलाई समेत दिइएको छ ।

चौधरीलाई दलको सदस्यबाट निलम्बन  गरिएको विषयको जानकारी सम्बन्धित दलले प्रदेश सभामा हालसम्म जानकारी नगराएको  लुम्बिनी  प्रदेश सभाका प्रवक्ता इश्वारी प्रसाद आचार्यले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)