शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १३, २०८१
  • 125
    SHARES

जनकपुरधाम – जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाहपञ्चमीको अन्तिम तयारी चलिरहेको छ । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने साताव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो । प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती आउने गरेकाले यस वर्षको विवाहपञ्चमी महोत्सव विशेष रहेको उहाँले बताउनु भयो । मंसिर १६ गतेदेखि शुरु हुने विवाहपञ्चमी महोत्सव एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको छ ।

एक सातासम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर १६ गते नगर दर्शनबाट शुरु हुनेछ । दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन स्वयंवर तथा शुभ विवाह र सातौँ दिन राम कलेवा हुनेछ । रामकलेवाको भोलीपल्ट आयोध्याबाट आएका जन्तीलाई विदाई गर्ने कार्यक्रम राखिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले बताउनु भयो । यता विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै मधेस सरकारले मधेस भवनको पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न शुरु गरेको छ । पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्किनेछ । ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० लाख रुपैयाँ बजेटमा यो परियोजना सञ्चालन गरिएको छ । मिथिला पेन्टि गरिरहेकी पुनम झाले पर्खालमा सीताजीसँग सम्बन्धित चित्रहरु कोरिरहेको जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)