शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न


  • माउन्टेन खबर
  • सोमवार, पुस ८, २०८१
  • 279
    SHARES

जनकपुरधाम – नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न भएको छ ।

हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरधामका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो । सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुरधाम र अयोध्याबीच सांस्कृतिक सम्बन्ध रहेको छ । सोही सम्बन्धलाई पुनर्ताजगी दिन र अझ बढी बलियो बनाउने उद्देश्यले दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण कन्क्लेवको आयोजना गरिएको थियो । भारतको उत्तर प्रदेश पर्यटन विभाग,अन्तर्राष्ट्रय रामायण एवं वैदिक शोध संस्थान,अयोध्या (संस्कृति विभाग,उत्तर प्रदेश) तथा जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा रामायण कन्क्लेवको आयोजना गरिएको थियो । रामायण कन्क्लेवको पहिलो सत्रमा रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले रामायणकालदेखि जुडेको सांस्कृतिक सम्बन्धका विषयमा चर्चापरिचर्चा गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)