शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नरेश र सुनिलको ‘हाँसीराख माया’ सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ९, २०८१
  • 160
    SHARES

काठमाडौं । सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना रहेको गीत ‘हाँसीराख माया’ सार्वजनिक भएको छ । मेलोडियस सङ्गीतकार सुनिल मास्केको सङ्गीत र मोनिका राईको स्वर रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको छ ।

नरेश र सुनिलले यसअघि आधा दर्जनभन्दा बढी गीतमा सहकार्य गरिसकेका छन् । सिडी एल्बम निकाल्ने पहिलो गायक र सङ्गीतकारको रुपमा परिचित सुनिलले नयाँ प्रतिभालाई अवसर दिने सङ्गीतकर्मीका रुपमा परिचित छन् । गीतमा प्रदीप श्रेष्ठको एरेञ्ज, किशोर थापाको मिस्किङ्ग रहेको छ ।

गीतको भिडियोमा गायिका राई नै फिचर्ड छिन । युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा निशल पौडेलको छायांकन, लोकेन्द्र सुब्बाको सम्पादन, लोमस पौडेलको पोस्ट प्रोडक्सन, विकास लामा प्रोडक्सन म्यानेजर रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)