मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखराको फेवाताल किनारमा आजदेखि २६औँ सडक महोत्सव


  • माउन्टेन खबर
  • शनिबार, पुस १३, २०८१
  • 140
    SHARES

कास्की – पोखरामा शनिबारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किमी क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

आजदेखि आयोजना हुने २६औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक समारोहका बीच महोत्सवको उद्घाटन गर्नुहुने कार्यसूची तय भएको उहाँले जानकारी दिनुभयो ।

उद्घाटन समारोहअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न सङ्घसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने कार्यक्रम रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारि दिनुभयो।

महोत्सव सफल पार्न गठित विभिन्न समिति, उपसमितिले आ–आफ्नो तयारी पूरा गरेका जनाएका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक सम्पन्न गरेको छ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।

“सडक महोत्सव पोखराको ‘ब्राण्ड’ बनेको छ । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा हुने महोत्सवको पर्यटन क्षेत्रलाई चलायमान गराउने विश्वास लिएका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो ।

महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिनुभयो । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुङ्गा दौडलगायत आयोजना हुनेछ । त्यसैगरी अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)