शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षकै सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘पुष्पा २’

डिसेम्बरमा रिलिज भएको यो फिल्मले अहिलेसम्म १७ सय करोड कमाइसकेको छ


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १६, २०८१
  • 133
    SHARES

एजेन्सी । सन् २०२४ मा साना बजेटका फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ । चाहे त्यो बलिउड होस् वा दक्षिण भारतीय फिल्म ।

स्री २, लापता लेडीज, मञ्जुम्मेल ब्वाईज, मुन्ज्या  हनुमान जस्ता पाँच साना बजेटका फिल्मको कुल बजेट १५५ करोड रुपैयाँ थियो ।

यी सबै फिल्मले १५ सय करोडभन्दा बढीको व्यापार गरेका छन् । बडे मियाँ छोटे मियाँ र कंगुवा जस्ता ठूला बजेटका फिल्म फ्लप भए ।

स्ट्री २ बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । फिल्मले विश्वभर ८ सय ७४ करोड कमाएको थियो । यस वर्षको सबैभन्दा बढी कमाई गर्ने फिल्म ‘पुष्पा २’ रह्यो ।

डिसेम्बरमा रिलिज भएको यो फिल्मले अहिलेसम्म १७ सय करोड कमाइसकेको छ । यो फिल्मले बाहुबलीको कमाईको रेकर्ड तोड्न सक्छ । अल्लु अर्जुनको यो फिल्मको बजेट ४०० करोड थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)